स्थानिय तह निर्वाचनको लागि आयोगले अर्को मिति प्रस्ताव गर्दै | Khabarhub Khabarhub

स्थानिय तह निर्वाचनको लागि आयोगले अर्को मिति प्रस्ताव गर्दै


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले वैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानिय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानिय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने धारणा राखेको थियो । ‘हामीले जेठ ५ गते स्थानिय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मिति भित्रै निर्वाचन गराउन सुझाव दिईसकेका छौं,’ थपलियाले सञ्चारकर्मीसँग भने, ‘माघ पहिलो साता नै मिति तय गरेको खण्डमा आयोगले निर्वाचनको तयारी गर्नसक्नेछ भन्ने बिषयमा पनि ध्यानाकषर्ण गराईसकेका छौं ।’

उनका अनुसार बैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ बैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : ४१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम