प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित | Khabarhub Khabarhub

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ ।

बे्रन्टफोर्डसँग अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ३–१ गोल अन्तरको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल खाएको हो । म्यानचेस्टरको जितमा खेलको ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मिनेटमा ग्रीनवूड र ७७ औँ मिनेटमा राशफोर्डले गोल गरे । ब्रेन्टफोर्डका लागि सान्तवना गोल टोनीले ८५ औँ मिनेटमा फर्काए ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा टोटनह्याम विजयी भएको छ । लेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै टोटनह्याम विजयी भएको हो ।

सुरुवाती अग्रता लिएको लेस्टर सिटीमाथि खेलको ३८ औँ मिनेटमा ह्यारी केन र इन्जुरी समयको पाँच र सात मिनेटमा बेर्ग्विज्नले गोल गरेपछि टोटनह्यामले रोचक जित दर्ता गरेको हो ।

लेस्टर सिटीका लागि २४ औँ मिनेटमा डाकाले सुरुवाती अग्रता दिलाएका थिए भने ७६ औँ मिनेटमा म्याडिसनले गोल गरेका थिए ।

यो जितसँगै पाँचौं स्थानमा पुगेको टोटनह्यामले १९ खेलबाट ३६ अंक बनाएको छ भने म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ०३ बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल