चिडियाखानाको सिंहमा कोरोना संक्रमण: नयाँ भेरियन्टको जोखिम बढेको विज्ञको चिन्ता | Khabarhub Khabarhub

चिडियाखानाको सिंहमा कोरोना संक्रमण: नयाँ भेरियन्टको जोखिम बढेको विज्ञको चिन्ता


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहमा कोरोना संक्रमण देखिएपछि विज्ञले नयाँ भेरियन्टको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उक्त सिंहलाई रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुनसक्ने अध्ययनले देखाएको छ । प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकको अध्ययनले कर्मचारीबाट सिंहमा कोरोना सरेको औंल्याएका हुन् ।

भाइरस जनावरमा फैलिएर पुनः मानिसमा सरेमा नयाँ फेरिअन्टको उत्पत्ती हुनसक्ने खतारा देखाउँदै वैज्ञानिकले सचेत हुन अनुरोध गरेका छन् । कोरोना देखिएको उक्त सिंहमा मानिसमा जस्तै लक्षण देखिएको बीबीसीले उल्लेख गरेको छ ।

सिंहलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको समाचारमा उल्लेख छ । त्यहाँ कार्यरत कर्मचारीमा कोरोना पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।

जनावरमा कोरोना देखिएपछि वैज्ञानिकले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन सुझाव दिएका छन् ।

सिंहलाई संक्रमण देखिएको चिडियाखानामा अर्को एक प्युमामासमेत कोरोना सरेको पाइएको छ । यसले जनावरबाट नयाँ भेरियन्त उत्पत्ती हुने भन्दै वैज्ञानिक चिन्तित बनेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ५ : ४२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको