रहेनन् भारतीय गजल गायक भुपिन्दर | Khabarhub Khabarhub

रहेनन् भारतीय गजल गायक भुपिन्दर


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडका दिग्गज गजल गायक भुपिन्दर सिंहको सोमबार बिहान निधन भएको छ । उनको निधनको खबरले बलिउडमा शोक छाएको छ । भुपिन्दरको निधनको जानकारी उनकी श्रीमती मिताली सिंहले दिएकी हुन् ।

‘उहाँ केही समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहनु भएको थियो। साथै उहाँलाई युरिनरी इशूज पनि भएको थियो’, मितालीले भनेकी छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुपिन्दरको निधनमा शोक व्यक्त गरेका छन् ।

भुपिन्दरको जन्म ६ फेब्रुअरी, १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो । उनले गायकीको सुरुवाती शिक्षा आफ्नो पिता नाथा सिंहबाट प्राप्त गरेका थिए । उनले आफ्नो करियरको सुरवात अल इण्डिया रेडियो दिल्लीबाट गरेका थिए ।

यसपछि उनले दिल्लीस्थित दूरदर्शनमा पनि काम गरे । उनलाई मदन मोहनले फिल्म ‘हकिकत’ मा मोहम्मद रफीसँग ‘होके मजबूर मुझे उसने बुलाया होगा’ गीतमा सहकार्य गरेका थिए । तर यो गीतले खासै पहिचान बनाउन सकेनन् ।

त्यसपछि सन् १९७८ मा रिलिज फिल्म ‘वो जो शहर था’ले उनलाई लोकप्रिय बनायो । यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनले गाएका गीतहरु ‘होके मजबुर मुझे’, ‘दिल ढूँढता हे’, ‘दुकी पे दुकी हो या सत्ते पे सत्ता’लोकप्रिय छन् । ८२ वर्षे गायकले ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘अहिस्ता अहिस्ता’, ‘दूरियाँ’, ‘हकीकत’लगायतका चर्चित फिल्ममा स्वर दिएका थिए । उनको अन्तिम संस्कार मंगलबार दिउँसो साढे ११ बजे ओशिवरा मसानघाटमा गरिनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ५२ बजे

खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई

ओखलढुङ्गा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरूपमा अन्त्य गरिने बताएका

क्यानाडाको पश्चिमी प्रान्तको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर

काठमाडौं– क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जंगलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : ओली

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा

लिम्पियाधुरा, लिपुलेकमा भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग 

काठमाडौं– सत्ता घटक दल नेकपा एकीकृत समाजवादी निकट युवा संघ

सुदूरपश्चिमका मुख्यमन्त्रीको तर्क – निर्वाचन प्रणालीका कारण प्रदेश बदनाम भयो

नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की एक वर्षको बीचमा