एकद्वार प्रणाली लागू गर्न पर्यटन व्यवसायीको माग | Khabarhub Khabarhub

एकद्वार प्रणाली लागू गर्न पर्यटन व्यवसायीको माग


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- स्थल मार्ग भई आउने भारतीय पर्यटकहरूले पाइलैपिच्छे समस्या भोग्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए ।

पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा धुत्ने भाँडोको रूपमा लिने गरेको पाइएको सहभागीहरूले गुनासो गरे । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भन्सार विन्दुमै पर्यटकहरूलाई एकद्वार प्रणालीबाट सेवा दिनुपर्ने बताए । भन्सार, अध्यागमन, रुट परमिट, स्वास्थ्य चेकजाँचलगायतका फरक फरक प्रक्रिया गर्न फरक फरक ठाउँमा जानुपर्ने बाध्यता अझै पनि रहेको उनको भनाइ छ ।

संघका पर्यटन उपसमिति संयोजक सञ्जय वाजिमयले भारतीय गाडी हेर्न साथ प्रहरी प्रशासनले चेकजाँच गरेर हैरान पार्ने गरेको बताए, सीमा प्रवेश गर्न साथ पार्किङको समस्यादेखि लिएर बिचौलियाहरूले भन्सार विन्दुमै पर्यटकहरूलाई खिन्न बनाउने गर्छन् । भन्सार अगाडि रहेको पार्किङ क्षेत्र सीमित अवधि र प्रक्रियाका लागि पार्किङ थलो भए पनि दिनभर गाडीहरू बसेर ट्राफिक जाम गराइरहेको कारण नेपाल आउने पर्यटकहरूलाई सास्ती भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पर्यटनको विषयमा राज्य उदासीन नभई गम्भीर हुन जरुरी रहेको बताए । व्यवसायीहरू अर्बौँ लगानी गरेर पीडामा रहेको सर्वविदितै भए पनि पर्यटकले पुलिस हेरेर डराउनुपर्ने अवस्था छ । पर्यटक नै नआए लगानी डुब्ने स्थिति भएकाले निजी क्षेत्र पनि स्तरीय यातायात लगायत पर्यटन व्यवसायमा होमिनुपर्ने बताए ।

हेटल तथा रेस्टुरेन्ट संघ भैरहवाका अध्यक्ष विष्णु न्यौपाने, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, पर्यटन व्यवसायी सागर अधिकारी गोपाल भण्डारी, लीलामाणि शर्मा, हरिश सेठिया, मंगल भण्डारी, मनोरञ्जन शर्मालगायतले बोल्दै गृह मन्त्रालयले जारी गरेको २४ घन्टै सेवा दिनुपर्ने पर्यटन व्यवसायलाई कार्यान्वयनमा ल्याउनुपर्ने, भैरहवाको भित्री भागमा रहेको सवारी जाँच पास र रुट परमिटका लागि राजमार्ग वा सीमा विन्दुमा व्यवस्था मिलाउनुपर्ने, विमानस्थल र भन्सार अगाडिको पार्किङलाई व्यवस्थित गर्नुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानहरू गर्न समन्वय गर्नुपर्ने, भारतीय ठूला नोटहरू चलनचल्तीमा ल्याउनुपर्ने, यातायात सेवालाई २४ घन्टै गरी धार्मिक पर्यटकका लागि रुट बनाउनुपर्ने, भारत हुँदै स्थल मार्गबाट आएका तेस्रो मुलुकको पर्यटक अनिवार्य हवाई मार्गबाट जानुपर्ने बाध्यता रहेकाले ती पर्यटक आउन हिचकिचाइरहेकाले सरोकारवाला निकायले सहजीकरण गर्नुपर्नेलगायतका माग पर्यटन व्यवसायीहरूले गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन र व्यवसायीहरूका समस्या समाधान गर्नेतर्फ लाग्ने बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : ३३ बजे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि

चेम्बर अफ कर्मसको तीनवर्षे रणनीतिक कार्ययोजना : भन्सार दर खारेज, जीडीपी ७५ खर्ब

काठमाडौं– नेपाल चेम्बर अफ कर्मसको नयाँ कार्यसमितिले तीन वर्षे रणनीतिक