कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री | Khabarhub Khabarhub

कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तत नेपाली एक्ट्रेस विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिएकी छिन् । 

यसका साथै रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस बनेकी छन् । उनी अभिनीत इटाली र बेल्जियमको फिल्म ‘द एइट माउन्टेन्स’ को प्रिमियरका लागि कान्स पुगेकी सुरक्षा रेड कार्पेटमा देखिएकी हुन् । मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने उनी अभिनीत फिल्म दोस्रो हो । रातो गाउनमा सजिएकी सुरक्षा कान्स रेडकार्पेटमा आकर्षक देखिएकी थिइन् ।

No description available.

कान्समा भाग लिनैको लागि सुरक्षा मंगलबार फ्रान्स पुगेकी थिइन् । निर्देशकद्धय फेलिक्स भान ग्रोनिनगेनचार्लोट्टी भन्डरमिर्ससहित कलाकार र क्रिउले प्रिमियरमा भाग लिएका थिए । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ । सुरक्षा मात्र होइन यसपटक कान्समा नेपालबाट लोरी छानिएको छ । 

यसका साथै नेपाली फिल्म ‘एक मुठी बादल (माइ सेयर अफ स्काइ)’ कान्सको फिल्मी बजारमा छानिएको छ । शुक्रबार कान्स मार्केटमा फिल्मको ‘स्क्रिप्ट पिचिङ’ हुँदैछ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : १९ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस