बाराको निजगढमा एमालेको ‘कमब्याक, मेयर र उपमेयर दुबैमा जित  | Khabarhub Khabarhub

बाराको निजगढमा एमालेको ‘कमब्याक, मेयर र उपमेयर दुबैमा जित 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पारेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले विरासत फिर्ता गरेको हो । मेयर पुरीले ९४७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुरोस खनालले ८६५९ मत पाए । उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि राज दङ्गाले ८५१८ मतमा चित्त बुझाए ।

२०४२ देखि निजगढमा पकड जमाउँदै आएको एमालेले गत स्थानीय निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनु परेको थियो । १३ वटा वडा रहेको निजगढमा ०७४ को निर्वाचनमा उपप्रमुखसहित ८ वडाध्यक्ष एमालेले जितेको थियो ।

मेयरमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट चुनाव लडेका सुरेश खनाल विजयी भएका थिए । यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहेका खनाललाई एमालेका पुरीले पराजित गरे ।

२०४३ को गाउँ पञ्चायत निर्वाचनमा यहाँ एमालेका पुरुषोत्तम पौडेल प्रधानपञ्च निर्वाचित भएका थिए । त्यसयता ०७४ को स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउँदै आएको छ । ०४९ र ०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

‘जिल्लभित्र र बाहिर पनि निक्कै चासोको रुपमा हेरिएको थियो,’ एमाले मधेस प्रदेश कमिटी सदस्य एवं निजगढका पूर्व गाविस अध्यक्ष एकबहादुर श्रेष्ठले भने, यस पटक एमालेले आफ्नो शाख कायम राखेको छ ।’

एमालेले यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ मध्ये ५ वडाध्यक्ष जितेको छ । एमाले वडा नम्बर ३, ५, ६, ७ र १०  गरी पाँचवटा वडामा विजयी भएको छ । कांग्रेस अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पनि जित हात पारेको छ । एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेसले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : १८ बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा