आज २०७९ साल जेठ ५ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल जेठ ५ गते बिहीबारको राशिफल


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ ५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : दिन सामान्य छ। सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा राम्रो छ।

वृष : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। मानसम्मान पाइनेछ। प्रेममा धोका मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धेरै ठाउँमा ठक्कर खाइनेछ। पुराना साथीसँगको भेटले मनमा उत्साह बढ्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। मानसम्मान पाइनेछ। राजनीतिक क्षेत्रमा संगठन राम्रो हुनेछ। प्रेम बढ्नेछ।

सिंह : दिन सामान्य छ। तपाईको पक्षमा बहुमत मिल्नेछ। प्रतिस्पर्धी क्रियाशील छन् सतर्क रहनुहोला। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुहोला।

कन्या : दिन सामान्य राम्रो छ। मित्रहरुसँग भेटघाट हुनेछ। राजनीति, सामाजिक, आर्थिक र वैदेशिक क्षेत्रमा गरेको लगानी उठ्नेछ। प्रेममा सफलता मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले फाइदा मिल्नेछ। राजनीतिक क्षेत्रमा आफ्नो संगठन अगाडि बढ्नेछ। श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। विजयी प्राप्त हुनेछ। सचेत भएर काम गर्नुपर्नेछ। प्रतिस्पर्धीबाट जोगिएर अगाडि बढ्नुहोला।

धनु : दिन सामान्य छ। भएको सम्पत्ति संरक्षण गर्न सके मात्र पनि फाइदा हुनेछ। झन्भटिला कामले दिन त्यत्ति उत्साहजनक हुनेछैन। काममा अवरोध हुनेछ। लामो यात्रा नगर्नुहोला।

मकर : दिन राम्रो छ। प्रेममा सफलता मिल्नेछ। कुनै काम गर्दा अरुको सल्लाह लिएर मात्र गर्नुहोला।

कुम्भ : दिन त्यत्ति राम्रो छैन। वादविवाद बढ्नेछ। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन : दिन अति राम्रो छ। आकस्मिक लाभ हुनेछ।

 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ४८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम