भरतपुर महानगर माओवादीलाई दिन सकिँदैनः दिनेश कोइराला | Khabarhub Khabarhub

भरतपुर महानगर माओवादीलाई दिन सकिँदैनः दिनेश कोइराला


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरको मेयर पद माओवादीलाई दिन नसक्ने बताएका छन् ।

सत्ता गठबन्धन दलहरू भरतपुर महानगपालिकाको मेयर माओवादीलाई दिने सहमतिनजिक पुगेका बेला कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले यो ठाँउ माओवादीलाई दिन नसकिने बताएका हुन् ।

कोइरालाले मंगलबार साँझ विज्ञप्ति निकाल्दै भनेका छन्, ‘चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले विचार व्यक्त गरिरहनुभएको छ ।’

उनले भने, ‘कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन् । त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ । कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावनाविपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।’

२०७४ को चुनावमा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको थियो । त्यसबेला कोइरालालाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो ।

यस्तो छ कोइरालाको तर्कः

१. नेपाली कांग्रेस केन्द्रीय समितिले नै नेपाली कांग्रेस चितवनको विचार तथा भावनालाई समर्थन गरेर निर्णय नै गरिसकेको छ । केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गर्न सकिने भनेर निर्णय नै गरिसकेको छ ।

२. स्थानीय अवस्था र आवश्यकता अनुसार नै नेपाली कांग्रेस चितवनका विभिन्न समितिहरुले भरतपुर महानगरमा नेपाली कांग्रेसले नै उम्मेदवारी दिने निर्णय गरिसकेको छ । स्थानीय आवश्यकता र अवस्था पहिचान गर्ने जिम्मेवारी स्थानीय कार्यकर्ता र समितिहरुको हो भन्ने बुझाइरहन पर्ला र ?

३. स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्ने केन्द्रीय समितिको निर्णय अनुसार नै नेपाली कांग्रेस चितवनका समस्त कार्यकर्ताले नेपाली कांग्रेसले नै मेयरमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

४. चितवनका समितिहरु र कार्यकर्ताहरुले स्थानीय अवस्था र आवश्यकता पहिचान गरेर निर्णय गरिसकेको अवस्थामा नेपाली कांग्रेस केन्द्रले त्यसलाई काट्न मिल्दैन । काट्न हुׅदैन । काट्न सक्दैन ।

५. नेपाली कांग्रेस देशकै अगुवा पार्टी हो । यसको आन्तरिक लोकतन्त्र कम्युनिष्ट पार्टीहरुसाग तुलना हुन सक्दैन । स्थानीय अवस्था र आवश्यकता विपरित केन्ऽबाट निर्णय लाद्ने काम कम्युनिष्ट पार्टीहरुमा मात्र सम्भव छ । त्यस्तो अपराध कम्युनिष्टहरुले मात्र गर्छन् । कम्युनिष्टहरुलाई लोकतन्त्रको पाठ पढाउने नेपाली कांग्रेसले अलोकतान्त्रिक निर्णय गर्न सक्दैन ।

६. कांग्रेस केन्द्रले रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेको कतिपयले भनिरहेका छन् । अहिलेसम्म आधिकारिक निर्णय भएको जानकारी छैन । कम्युनिष्ट शैलीमा भूमिगत निर्णय गरिएको छ भने पनि त्यो निर्णय निश्चित रुपमा उल्टनेछ ।

७. नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो र यसका गाउँ नगरका कार्यकर्ताहरु लोकतन्त्रका अगुवा हुन् । पार्टी केन्द्रले अरु कसैको बहकाउमा परेर, ब्ल्याकमेलिङको सिकार बनेर अन्यथा निर्णय गरेको अवस्थामा त्यस्तो निर्णय सच्याउन लगाउने क्षमता चितवन कांग्रेसका कार्यकर्ताहरुमा छ । चितवन कांग्रेसका कार्यकर्ताहरु नेपालकै नमूना कार्यकर्ता हुन् भन्ने प्रष्ट छ । चितवन कांग्रेसको साथमा जनता छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ३० बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक