विनाशकारी बाढीपछि उद्धार कार्यका लागि दक्षिण अफ्रिकामा सेना परिचालन | Khabarhub Khabarhub

विनाशकारी बाढीपछि उद्धार कार्यका लागि दक्षिण अफ्रिकामा सेना परिचालन


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारी वर्षा सँगैको बाढीका कारण व्यापक जनधनको क्षति भएपछि दक्षिण अफ्रिकाले उद्धार र राहत कार्यका लागि सेना परिचालन गरेको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा उद्धार तथा राहत कार्यका लागि दक्षिण अफ्रिकी फौज परिचालन गरिएको हो ।

दक्षिण अफ्रिकाको दक्षिण अफ्रिका राष्ट्रिय रक्षा बलले आफूहरुलाई यस कार्यका लागि १० हजार सैनिक परिचालन गर्न निर्देशन प्राप्त भएको बताएको छ ।

बीबीसीले जनाएअनुसार भारी वर्षापछिको बाढी र पहिरोमा परी हालसम्म ४ सय ४० भन्दा धेरैको ज्यान गइसकेको छ भने अरु दर्जनौं बेपत्ता छन् । प्रकोपको स्तरलाई मध्यनजर गर्दै दक्षिण अफ्रिका सरकारले राष्ट्रिय विपद्को घोषणा गरेको जनाइएको छ ।

सरकारी अधिकारीले यसलाई क्वाजुलु नटाल प्रान्तमा हालसम्मकै सबैभन्दा खराब प्रकोपको संज्ञा दिएका छन् । प्रान्तका प्रमुख शिहले जिकालालाले जानकारी दिएअनुसार ४ हजारभन्दा धेरै घट ध्वस्त भएका छन् भने अरु ८ हजार घरमा क्षति पुगेको छ ।

बाढीपछि दक्षिण अफ्रिकाका केही स्थानमा विद्युत, खानेपानी, औषधि, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव हुन थालेको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ४२ बजे

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी