रिलिज नतोकिएका फिल्महरु | Khabarhub Khabarhub

रिलिज नतोकिएका फिल्महरु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय फिल्महरु एकपछि अर्को गर्दै भटाभट रिलिज मिती तय गरिरहेका छन् । केहि समय यता नेपालमा देखिएको विदेशी फिल्मको दबदबासँगै हल संचालकले गर्ने व्यवहारका कारण नेपाली निर्मातालाई फिल्म रिलिज गर्न अप्ठ्यारो बढी रहेको छ । यसैले गर्दा पनि खाली डेटमा फिल्म रिलिज घोषणा भइरहेका छन् । तर, केही आश गरिएका फिल्महरुले अझै रिलिज डेट घोषणा गर्न सकेका छैनन् ।

दर्शकले प्रतिक्षा गरिरहेको फिल्म ‘प्रेम गीत ३’ को रिलिज डेट अझै घोषणा हुन् सकेको छैन । गतवर्षको फागुनमा रिलिज हुने घोषणा भएता पनि कोरोना भाइरस महामारीका कारण प्रदर्शन रोकियो । त्यस पश्चात फिल्मले नयाँ रिलिज डेट घोषणा गर्न सकेको छैन । फिल्म हिन्दी भाषामा समेत रिलिज गर्ने तयारी निर्माण पक्षले गरिरहेको थियो । यद्दपि  केहि आन्तरिक समस्या देखिएपछि अहिले तत्काल त्यो सम्भव नहुने फिल्म नजिकका सदस्य बताउँछन् ।

यस्तै, आश गरिएको अर्को फिल्म हो ,’आइ एम ट्वान्टी वान’ । धिरज मगर र जसिता गुरुङ अभिनित फिल्मले अझै रिलिज घोषणा गर्न सकेको छैन । यस्तै, तिम्रो मेरो साथ, गोर्खा वारियर २, बिहे पास, सम्हालिन्छ कहिले मन, हल्कारा, ऐना झ्यालको पुतली, महानगर लगायतका फिल्महरु छन् ।

प्रेम गीत ३ 

प्रेम गीत मार्फत नै निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का स्थापित भएका हुन् । उनीहरुको पहिचान नै यहिँ सिरिजसँग जोडिएर आउँछ । यद्दपि यसको तेस्रो सिरिजको रिलिज अझै घोषणा हुन् सकेको छैन । फिल्मको प्रतीक्षा दर्शकलाई छ । यद्दपी निर्माण पक्षले रिलिज घोषणा गर्न सकेका छैनन् । फिल्मलाई हिन्दीमा समेत ल्याउने तयारी गरेको थियो । यद्दपि नेपालीमा समेत रिलिज हुन् सकेको छैन । फिल्मको हिन्दी राइट्स खरिद गर्ने व्यक्ति निर्माण पक्षसँग सम्पर्कमा नभएका कारण पनि फिल्मको रिलिज अन्यौलमा परेको बुझिएको छ ।

आइ एम ट्वान्टी वान 

रेनशा वान्तवा राईको निर्देशनमा तयार फिल्म ‘आइ एम ट्वान्टी वान’ ले पनि रिलिज तय गर्न सकेको छैन । फिल्ममा धिरज मगर र जसिता गुरुङको अभिनय रहेको छ । यसै कारण पनि फिल्मलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । यद्दपि फिल्म अझै रिलिज हुने तय छैन । यसकी निर्देशक रेनशा केही समय पश्चात आमा बन्दैछिन् । यसैले गर्दा पनि फिल्म दसैँ अगाडी रिलिज हुने सम्भावना न्यून छ । डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट नै चर्चामा आएका धिरजलाई सम्भावना बोकेका नायकको रुपमा हेरिएको छ । यद्दपि उनी दर्शक माझ नपुगेको लामो समय भइसकेको छ ।

सम्हालिन्छ कहिले मन 

पूजा शर्मा , आकाश श्रेष्ठ र सोनाम तोप्देन अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले पनि रिलिज घोषणा गर्न सकेका छैनन् । कोरोना भाइरसको महामारी अगाडी रिलिज घोषणा गरिएको थियो । तर, महामारीका कारण हल बन्द भएपछि प्रदर्शन स्थगित भयो । त्यसपछि फिल्मको रिलिज फागुनमा घोषणा गरिएको थियो । यद्दपि त्यो समयमा पनि फिल्म प्रदर्शन हुन् सकेन । त्यसपछि फिल्म रिलिज हुने डेट अझै तय भएको छैन । फिल्मलाइ सुन्दर्शन थापाले निर्देशन गरेका हुन् ।

फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ । गायनमा परिचित सोनमले यसै फिल्मबाट अभिनयमा डेव्यु गर्दैछन् । यसमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत, सौरभ लामाको छायाँकन रहेकोछ ।

गोर्खा वारियर २ 

गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई लिएर तयार गरिएको फिल्म ‘गोर्खा वारियर–२’ ले पनि प्रदर्शन घोषणा गर्न सकेको छैन । फिल्मका निर्मातासँगै निर्देशक समेत रहेका मिलन चाम्सले अन्य दुई प्रोजेक्टमा व्यस्त भइसकेका छन् । उनि वर एण्ड बधु र अञ्जिला फिल्मको तयारीमा जुटिसकेका छन् ।

गोर्खा सैनिकको कथामा अन्तर्राष्ट्रियस्तरमा फिल्म मार्फत पुर्याउने उदेश्य लिइएको फिल्म सहनिर्मातामा सुरेश राई र पूर्ण लिम्बू छन् । फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीको अभिनय रहेको छ । रितेस चाम्स नवनायकका रूपमा यो फिल्मबाट डेब्यु गर्दैछन्।

तिम्रो मेरो साथ

रमेश एम के पौडेलको निर्माण तथा निर्देशनमा तयार फिल्म ‘तिम्रो मेरो साथ’ ले पनि प्रदर्शन घोषणा गर्न सकेको छैन । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र  सन्दिप क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । सरोज खनाल, खबपु, इमिली लामा, ध्रुव दत्त लगायतको समेत अभिनय रहेको फिल्म निर्माणको समय देखि चर्चामा छ । यद्दपी फिल्मको प्रदर्शन नतोकिदा प्रतीक्षा गरिरहेका दर्शक माझ निराश छन् ।

बिहे पास 

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बिहे पास’ ले पनि रिलिज तय गर्न सकेको छैन । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा दयाहाङ र प्रकृति श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदैछन् ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह निर्मातामा ग्याल्जेन लामा हुन् । फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कम ब्याक गर्न लागेकी हुन् । म्यूजिक भिडियो हुँदै फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यस अगाडि ‘जिन्दगी रक्स’ र ‘उत्सव’ अभिनय गरेकी थिइन् । यद्दपि फिल्मले रिलिज घोषणा नगर्दा प्रकृतिलाई भिडियोमा देख्न थालिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ०९ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०