क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु | Khabarhub Khabarhub

क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेष्टर युनाइटेडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका छोराका मृत्यु भएको छ । रोनाल्डोले आफ्नो छोराको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

यसअघि रोनाल्डो र उनकी पार्टनर जियोर्जिना रोड्रिग्वेजले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको खबर आएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै रोनाल्डो र रोड्रिग्वेजले ‘गहिरो दुखका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ ।’ लेखेका छन् ।

‘यो क्षतिका कारण हामी सबै अत्यन्त दुखी भएका छौ र यो कठिन घडीमा हामी गोपनीयता चाहन्छौँ ।’ यद्यपि उनकी एक छोरी भने बाँच्न सफल भएको जनाइएको छ ।

उनीहरुले यो ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको समेत बताएका छन् ।

रोनाल्डो र रोड्रीग्वेजले छोरीको जन्मले आफूहरूलाई ‘यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको’ जनाएका छन् ।

‘हाम्रा बालक, तिमी हाम्रालागि अमूल्य उपहार थियौ, हामी तिमीलाई सधैँ माया गर्नेछौँ’ सामाजिक सञ्जालमा उनीहरूले लेखेका छन् ।

यता रोनाल्डोको क्लब म्यानचेष्टर युनाइटेडले पनि रोनाल्डोको छोराको निधनप्रति दुख प्रकट गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ५० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र