लोकतन्त्रको उन्नत अभ्यासको प्रेरणा मिलोस्: सभामुख सापकोटा | Khabarhub Khabarhub

लोकतन्त्रको उन्नत अभ्यासको प्रेरणा मिलोस्: सभामुख सापकोटा


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको उन्नत अभ्यास गर्नुपर्ने बताएका छन् । शनिबार प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।

‘यस महत्वपूर्ण अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’, सभामुख सापकोटाले शुभकामना सन्देशमा भनेका छन् ।

देशमा लोकतन्त्रको प्राप्तिका लागि भएका संघर्षमा योगदान गर्ने सबैको सम्झना सभामुख सापकोटाले गरेका छन् । ‘देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका संघर्षहरुमा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, सापकोटाको सन्देशमा भनिएको छ, ‘लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले संघर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको अमूल्य योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

सापकोटाले सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा पुगेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३१ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको