टोंगामा ज्वालामुखी विस्फोटः विमानस्थलको खरानी हटाउने कार्य सुरु | Khabarhub Khabarhub

टोंगामा ज्वालामुखी विस्फोटः विमानस्थलको खरानी हटाउने कार्य सुरु


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क–प्रशान्त महासागरको टापु राष्ट्र टोंगामा ज्वालामुखी विस्फोटपछि उत्पन्न मानवीय संकट समाधानका प्रयास भइरहेका छन् । अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको विवरण सार्वजनिक भइरहेका छन् ।

राष्ट्रसंघका प्रतिनिधि जोनाथन भिचले विमानस्थलमा खरानी हटाउने काम सुरु भए पनि कठिन देखिएको बताएका छन् । उद्धारकर्ताहरूले ज्वालामुखी विस्फोटपछि उडेको खरानी हटाउन विमानस्थलमा खटिएका छन् । करिब २०० उद्धारकर्ताहरूले विमानस्थल सफा गरिरहेका छन् ।

शनिबार भएको विस्फोटमा एक ब्रिटिस नागरिकसहित चारजनाको मृत्यु भएको छ । विस्फोटपछि धुँवाको मुस्लो आकाशमा २० किलोमिटरमाथिसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि बाँकी संसारसँग टोंगाको सम्पर्क टुटेको छ । एक लाख जनसंख्या रहेको टापु राष्ट्र टोंगा सात लाख वर्गकिलोमिटरको क्षेत्रमा फैलिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम