कायमै छ कोरोना संक्रमणको जोखिम | Khabarhub Khabarhub

कायमै छ कोरोना संक्रमणको जोखिम

‘शरीर स्वास्थ्य राख्न व्यायाम र मनलाई स्वास्थ्य राख्न ध्यान गरौं’



चोकचोकमा बसेर बसिबियालो गर्ने विषय बनेको कारोना भाइरसले केही समय विश्राम लियो। अहिले भने पुनः कोरोना कहरको नयाँ चरण सुरु भएको छ र यसबारे बहस पनि हुन थालेको छ।

कोरोना संक्रमण दर पुनः फैलिन सक्ने भनेर सरकारले पनि सचेत गराइरहेकाले अब हामीले ख्याल राख्नुपर्ने अवस्था आइसकेको छ।
कोरोना भाइरसको संक्रमण मानिसमा मात्र नभएर जनावरमा पनि हुन्छ। सन् १९६५ मा पहिलोपटक पहिचान गरिएको यो भाइरसको मुख्य लक्षण रुघाखोकी नै हो।

समयक्रमसँगै यसका नयाँ भेरियन्टहरु देखिएका छन् र नयाँ भेरियन्टले मानिसलाई दुःख दिइरहेको छ। यसअघिका भेरियन्टले भन्दा सन् २०१९ मा देखिएको कोरोना भाइरसले विश्व नै त्रसित बनायो।

कोरोना भाइरसको संक्रमण मानिसमा मात्र नभएर जनावरमा पनि हुन्छ। सन् १९६५ मा पहिलोपटक पहिचान गरिएको यो भाइरसको मुख्य लक्षण रुघाखोकी नै हो।

विकसित मुलुकहरुमा पनि यो भाइरसको संक्रमणले तहसनहसको स्थिति सिर्जना गर्‍यो। चीनको वुहानबाट फैलिएको यो भाइरसले विश्व नै संकटग्रस्त बन्यो। यसले विश्वकै अर्थतन्त्रमा पनि प्रभाव पार्‍यो।

नेपालमा भने जनवरी १३, २०२० मा पहिलोपटक यो भाइरसको संक्रमण पुष्टि भएको थियो। सार्स, कोभ–२, डेल्टा, विटा, अल्फा, ओमिक्रोन गरी विभिन्न भेरियन्टमा देखिएको यो भाइरसले आफ्नो स्वरुप पनि परिवर्तन गरेको पाइएको छ।

कोरोना भाइरसको पहिलो लहरमा मानिसहरू धेरै भयभित भए। कोरोना त्रासले जनतालाई एक ठाउँबाट अर्को ठाउँमा जान रोक लगाइयो। लकडाउनपछि नेपाली झनै त्रसित बने। नेपालमा भन्दा पश्चिमा राष्ट्रहरूमा कोरोना भाइरस महामारीका रूपमा फैलियो।

कोरोना भाइरसको संक्रमण केही हदसम्म कम भए पनि यसको प्रभाव अझै पनि उस्तै रहेको छ। पहिलो चरणको कोरोना भाइरसले नेपालमा भन्दा पश्चिमा राष्ट्र इटली, स्पेन लगायतका देशमा भयानक महामारीको रुप लियो।

नेपालको परिप्रेक्ष्यमा यो भाइरसको संक्रमणलाई तीन तहमा विभाजन गर्न सकिन्छ। पहिलो लहरमा मानिस यति धेरै भयभित भए कि, मानिसहरु एक स्थानबाट अर्को स्थानमा जान पनि डराए। सरकारले त्यही बेला नेपालभर लकडाउन गर्‍यो। जसले गर्दा आम मानिसमा यो भाइरसको त्रास अझ बढी भयो।

नेपालमा जनवरी १३, २०२० मा पहिलोपटक यो भाइरसको संक्रमण पुष्टि भएको थियो। सार्स, कोभ–२, डेल्टा, विटा, अल्फा, ओमिक्रोन गरी विभिन्न भेरियन्टमा देखिएको यो भाइरसले आफ्नो स्वरुप पनि परिवर्तन गरेको पाइएको छ।

कुनै बिरामीको मृत्यु भए त्यसलाई नछुने र दाह संस्कार गर्न पनि नदिने अवस्था सिर्जना भयो। अहिले सपनाजस्तो लागे पनि त्यो अवस्था हामीले भोगिसकेका छौँ। कोरोना महामारीको पहिलो चरण्मा अक्सिजन र मास्कको अभाव भयो भने मानिसहरु छट्पटाए। मृत्युदर पनि उत्तिकै बढ्यो। बिरामीको चापले गर्दा अस्पतालमा शैय्याहरु कम भए।

यो भाइरसबाट संक्रमित हुँदा ज्वरो आउने, थकाइ लाग्ने, खानामा अरुची हुने, घाँटी खसखस हुने, आँखा रातो हुने लगायतका लक्षणहरु देखिए। यी समस्याले गर्दा मन विचलित हुने, चञ्चल हुने र आत्मविश्वासको कमी हुने हुँदा कतिपयमा अझ बढी समस्या देखा पर्‍यो।पछिल्लो समय पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ। यस्तो अवस्थामा कसरी आफू र आफ्नो परिवार जोगिने भन्नेमा सबैले सचेत हुनु आवश्यक छ।

कोरोनाको संक्रमणको डरले हामी सचेत छौँ भने हामी संक्रमित हुनबाट पनि सकभर जोगिएका छौँ। यदि कोरोना भाइरसलाई सामान्य रुपमा लिएका छौँ भने यो गलत हो। हामी सचेत हुनु आवश्यक छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण छैन भन्दै स्वास्थ्यका मापदण्ड नअपनाएको पाइन्छ। यसले पुनः समस्या निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै छ।

कोरोना फैलिन नदिन हामीले मास्कको सही प्रयोग गर्ने, समूहमा सकभर भेटघाट नगर्ने, भौतिक दूरी कायम गर्ने लगायतका सावधानी अपनाउनु उत्तिकै आवश्यक छ। कतै जानुपर्‍यो भने साबुन पानीले मिचीमिची हात धुने या सेनिटाइजर प्रयोग गर्ने गर्नुपर्छ। साथै खुला हावामा बस्दा पनि स्वास्थ्यलाई उत्तिकै राहत पुग्छ।

पछिल्लो समय पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ। यस्तो अवस्थामा कसरी आफू र आफ्नो परिवार जोगिने भन्नेमा सबैले सचेत हुनु आवश्यक छ।

कोरोनाको संक्रमण भएको शंका लागेमा तत्काल अस्पताल जाने तर नआत्तिने गर्नुपर्छ। कोरोनाको शंका लागेर अनावश्यक औषधि खाँदा पनि यसले समस्या निम्त्याउँछ। बरु त्यस्तो शंका लागेमा घरबाहिर ननिस्कने र घरमा पनि अरुबाट टाढै रहने गर्नुपर्छ।

आयुर्वेदिक दृष्टिले हेर्दा मानिसलाई कुनै पनि रोग लाग्नुको कारण बाह्य र आन्तरिक हुन्छन्। हामीले रोग विशेष विवेचना गर्नुभन्दा लक्षण अनुसार उपचार गर्नु उचित हुन्छ। आचार्य चरकले रोग नगन्य छन्। समयसँगै त्यसको स्वरूप बदलिन्छ त्यसैले चिकित्सकले आफ्नो युक्ति प्रयोग गरी उपचार गर्नुपर्छ भनेका छन्।

कुनै रोगको संक्रमण हुँदा शारीरिक चिकित्सा साथै मानसिक रुपमा पनि उत्तिकै भूमिका रहने गर्छ। कोरोना भाइरसको संक्रमण भइहाल्यो भने पनि सकारात्मक हुनुपर्छ। आतंकित हुँदा यसले हामीलाई झनै कमजोर पार्छ। शारीरिक रुपमा सशक्त हुन हामीले पसिना आउने गरी  दैनिक व्यायाम पनि गर्नुपर्छ। साथै मनलाई अधिनमा राख्न ध्यान पनि गर्नुपर्छ।

कोरोना भाइरसको संक्रमण भइहाल्यो भने पनि सकारात्मक हुनुपर्छ। शारीरिक रुपमा सशक्त हुन हामीले पसिना आउने गरी दैनिक व्यायाम पनि गर्नुपर्छ। मनलाई अधिनमा राख्न ध्यान पनि गर्नुपर्छ।

व्यायाम गर्दा प्रत्येकपटक २/२ मिनेटमा ४/५ पटकसम्म श्वास लिने गर्नुपर्छ भने पाचन पक्रिया स्वस्थ्य राख्ने सुठो, धनियाँ र जिरा मिसिएको खाना पकाएर खाने गर्नु उत्तम हुन्छ। यस्तै पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ। यदि थकाइ लागेको छ भने तातो दूधमा दुई चम्चा बेसार हालेर खाने गर्नुपर्छ।

यदि हाम्रो पाचन प्रक्रिया राम्रो छ, भोक लाग्छ र पिसाबमा कुनै समस्या छैन भने आत्तिनुपर्दैन। परिवारले पनि संक्रमित व्यक्तिलाई सक्दो सहयोग गर्नुपर्छ। रोगका लक्षण उस्तै भए पनि रोगका प्रकृति धेरै छन्। त्यसैले समयमै चिकित्सकको परामर्श लिनुपर्छ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ०६ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका