नेपाल टी-२० लिग खेल्ने ६ मध्ये चार टिमको घोषणा | Khabarhub Khabarhub

नेपाल टी-२० लिग खेल्ने ६ मध्ये चार टिमको घोषणा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो ।

जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेको छन् । प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रोजेको छ ।

प्रतियोगिताका लागि कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो । जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वार (नेपाल), लुम्बिनीको मालिकमा सञ्जय शर्मा (अमेरिका) , विराटनगरको विक्रम यादव (भारत) र जनकपुरका गौरीशंकर धामनी (भारत) रहेका छन् ।

क्यानले केही दिनमै सहभागी अन्य दुई फ्रेन्चाइज टोलीको घोषणा गर्ने  जनाएको छ । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् (रापेख) र आईसिसीले मान्यता दिइसकेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ५४ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको