एन्फा बैठक स्थगित  | Khabarhub Khabarhub

एन्फा बैठक स्थगित 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले भने ।

साधारण सभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो ।

पहिलो बैठक एजेन्डाविना बोलाएर विवादास्पद नियुक्ति गरेपछि अहिले अध्यक्ष निकै दबाबमा छन् । आजको बैठकमा समेत केही एजेन्डामा अध्यक्ष अर्को दबाबमा आएका थिए । विभिन्न नियुक्तिले अहिले एन्फा राजनीतिमा पेचिलो बनेको छ । जसमा नेम्वाङ पूर्व अध्यक्ष गणेश थापा र जर्मन नागरिक तथा विदेश विभाग प्रमुख नवीन पाण्डेको चर्काे दबाबमा पर्दै आएका छन् ।

थापाले आफ्ना छोरा गौरव र पाण्डेले आफू निकट रहेका निर्वाचन समितिका सदस्य बद्री भट्टराईलाई नियुक्त गर्न ठूलै दबाब दिँदै आएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ५७ बजे

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा