छानबिन समितिले पाएन जेठ महिनाको सिसिटिभी फुटेज   | Khabarhub Khabarhub

छानबिन समितिले पाएन जेठ महिनाको सिसिटिभी फुटेज  


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज उपलब्ध गराको छैन ।

संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन नसकेको हो। ‘जेठ महिनाको सिसिटिभी फुटेज मागेका थियौं तर उहाँहरूले असार महिनाको दिनुभयो,’ समिति सदस्य सरला यादवले भनिन्, ‘जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई अझै दिइएको छैन, हामीले पुनः पत्र पठाएर माग जेठको सिसिटिभी फुटेज माग गरेका छौं ।’ उनका अनुसार जेठ महिनाको सिसिटिभी फुटेज दिनका लागि अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गरिरहेका छन् ।

सिसिटिभी फुटेज दिन नमानेका सचिव, सहसचिवहरुले १४ जेठको बजेट निर्माण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई भने अस्वीकार गर्दै आएका छन् ।

‘सिसिटिभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरूले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनु भएको छ,’ सांसद यादवले भनिन्, ‘सिसिटिभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठ्यारो परिरहेको छ ।’ उनका अनुसार समितिले सो बारेमा आवश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्नेछ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ३२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन