एकै ठाउँ काम गर्ने कामदारबीच झडप, एक जनाको मृत्यु « Khabarhub

एकै ठाउँ काम गर्ने कामदारबीच झडप, एक जनाको मृत्यु


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले काठमाडौँको टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई गएराति पक्राउ गरेको हो ।

टोखा–१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ३१ बजे

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा

आज कागे अष्टमी पर्व, कागेश्वरी महादेव मन्दिरमा पूजाआराधना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी