मधुवन नगरपालिकामा कांग्रेस विजयी « Khabarhub

मधुवन नगरपालिकामा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बर्दिया : मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन् । भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी सुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गरिन् ।

त्यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस तथा उपप्रमुखमा एमाले विजयी भएको छ । नौ हजार ४२ मत प्राप्त गरी प्रमुखमा कांग्रेसका तिलकराम लम्साल विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत ल्याए । 

यस्तै ८ हजार १७६ मत ल्याएर उपप्रमुखमा एमालेकी बिना भट्टराई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : १७ बजे

अमेरिकाको टेक्सासमा लरीभित्र ४६ आप्रवासी मृत फेला

टेक्सास – अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा

शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका

भूकम्पको प्रभाव : अफगानिस्तानको सहयोग याचना

देउगर गाउँका घर अब चिन्न सकिँदैन। माटोले बनेका घर क्षतविक्षत

खुल्दै अपर हेवाखोला हाइड्रोको आईपीओ 

काठमाडौँ – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ

ग्रान्डस्लाम विम्बल्डन : जोकोभिचको विजयी सुरुआत

काठमाडौँ – विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम