डोटीमा मतगणना सकियो : सात पालिकामा कांग्रेस विजयी | Khabarhub Khabarhub

डोटीमा मतगणना सकियो : सात पालिकामा कांग्रेस विजयी

एक/एक पालिकामा एमाले तथा माओवादी विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ । 

पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो । यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरे भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् ।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जित हात पारेको हो । 

यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भए । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए ।

नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख-उपप्रमुख दिपायल सिलगढी नगरपालिका– प्रमुख : बाजिसिंह खड्का ‘विजय’,  उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका– अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका– अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट  रहेका छन् ।

यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएकी छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : ४३ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा