प्रधानमन्त्री देउवाको विषयमा पूजाको टिप्पणी  | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाको विषयमा पूजाको टिप्पणी 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका पूजा शर्माले राजनीतिक विषयमा कमै टिप्पणी गर्छिन् । राजनीतिक र सामान्य ज्ञान नहुँदा ट्रोलको शिकार समेत बनेकी पूजाले यसपटक अहिले चर्चामा रहेको विषयमा आफ्नो भनाइ राखेकी छिन् । 

उनले सामाजिक सञ्जाल मार्फत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा आफ्नो धारणा राखेकी हुन् । लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको गतिविधिले देशको नै इज्जतमा धक्का लागेको भन्दै सामाजिक सञ्जाल र मिडियामा ट्रोल पूजाले आफ्नो धारणा राखेकी हुन् । देउवाको बेचैनीको विषयमा ट्रोल भैरहँदा पूजाले त्यहाँ त्यसो देखिनुको कारणलाई प्रस्ट्याएकी छिन् । ‘देउवाज्यू बेचैनीमा रहेको भिडियोहरु भाइरल भए । सबैले मजाक उडाए । तर, त्यस बेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे ।

सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननीय प्रधानमन्त्रीका भाइप्रति भावपूर्ण श्रद्धाञ्जली’ पूजाले लेखेकी छिन् । 

उनले अहिले सामाजिक सञ्जालमा आइरहेको कारणलाई प्रस्ट्याउँदै नै आफ्नो विचार व्यक्त गरेकी हुन् । प्राय सामाजिक सञ्जालमा फोटो मात्र पोस्टिने पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेममा छिन् ।

युद्ध नेपाली कांग्रेसका बागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँका भतिज हुन् । युद्धसँग जोडिएपछि पूजा नेपाली कांग्रेसको विचारधारातिर ढल्किएकी त होइनन् ? सामाजिक सञ्जालमा यो चर्चा समेत चलिरहेको छ ।  

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : २६ बजे

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक