मलंगवाको मेयर र उपमेयरमा कांग्रेस विजयी | Khabarhub Khabarhub

मलंगवाको मेयर र उपमेयरमा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २० स्थानीय तह रहेको सर्लाहीमा १० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । 

जसमा कांग्रेसले ८ स्थानीय तहमा र माओवादी केन्द्रले २ स्थानीय तहमा विजयी हात पारेको छ । यसैक्रममा सदरमुकाम मलंगवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका नागेन्द्रप्रसाद यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी साहले ४ हजार ६ सय ३९ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा कांग्रेसबाट जितेका निवर्तमान मेयर साह कांग्रेसबाट टिकट नपाएपछि जसपाबाट उम्मेदवारी दिएका थिए ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै उम्मेदवार शकुन्तलादेवी साह ५ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकै पानोदेवीले ५ हजार १ सय ३९ मत मात्र प्राप्त गरिन् । उपमेयरमा शकुन्तलादेवी मात्र ४ मतले विजयी भएकी हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : १४ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन