उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार मोरङको विराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाईँ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल विराटनगर लगिएको छ ।

बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : ५७ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको