एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने | Khabarhub Khabarhub

एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् ।

आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो ।

चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे ।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६५औं मिनेटमा रुबेनले गोल गर्दा ७६औं मिनेटमा माउन्टले गोल गरेका थिए ।

यसअघि लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ४६ बजे

कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा

बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित

रामपुर- पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत

लेखकले भने- ‘आज गृहमन्त्रीले बोलेको सुन्छौँ, निकाश नभए पुनः संसद् अवरोध  गर्छौँ’

काठमाडौं– नेपाली कांग्रेसले गरिरहेको संसद्को अवरोधमा आज कांग्रेसले गृहमन्त्री रबि

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोर विकासको एजेण्डा पेस

डुम्रे– गण्डकी प्रदेशका नौ स्थानीय तह समेटिएर मर्स्याङ्दी करिडोर बनेको

साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने छ : प्रधानमन्त्री

सल्यान– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा संघीय सरकारले कार्यान्वयन