यूईएफए च्याम्पियन्स लिग: क्वाटरफाइनल ड्र सार्वजनिक | Khabarhub Khabarhub

यूईएफए च्याम्पियन्स लिग: क्वाटरफाइनल ड्र सार्वजनिक


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ ।

शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्ने छ । भिल्लारियलले भने बायर्न म्युनिखसँग भिड्ने छ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् ।

क्वाटरफाइनल चरणका खेलहरू ५ र ६ अप्रिलमा पहिलो लिग र १२ र १३ अप्रिलमा दोस्रो लिग हुनेछ । सेमिफाइनलको पहिलो लिग २६ र २७ अप्रिलमा तथा दोस्रो ३ र ४ मेमा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ५७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार