दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र | Khabarhub Khabarhub

दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो ।

दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल निमार्ण कार्यलाई तिव्रता दिएको गाउँपालिकाकाअध्यक्ष छुपिमाया गुरुङले बताइन् ।

स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । अस्पताल भवन निमार्णका लागि हिम सगरमाथा र गौरीपार्वती कन्ट्रक्सनसँग गत असारमा सम्झौता भएको हो । दुई वर्षमा निमार्ण सम्पन्न गर्ने गरी १२ करोड ९० लाख ४९ हजार तीन ६६९ रुपैयाँमा सम्झौतामा भएको अस्पताल भवन निमार्ण कार्य गत कात्तिकबाट सुरु भएको हो ।

गाउँमा अस्पताल निर्माण गर्न थालेपछि स्थानीय उत्साहित भएको दुधपोखरी-२ का वडाअध्यक्ष गोविन्द दवाडी बताउँछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ४५ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई