प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफले उपाधिका लागि नेपाल पुलिससँग भेट पक्का गरेको हो ।

फाइनल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

एपीएफले दिएको २३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी नौ विकेट गुमाएर १८३ रनमै समेटियो । आर्मीका राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे । यस्तै भीम सार्कीले ३५ तथा सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रनको योगदान गरे ।

एपीएफका लागि शरद भेषवाकरले सर्वाधिक तीन विकेट हात पारे । अविनाश बोहरा र भुवन कार्कीले दुई-दुई विकेट लिँदा किशोर महतो र दिपक बोहराले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २३० रनको विशाल योगफल तयार पार्‍यो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । लोकेश बमले १८ बलमा ६६ रन बनाउँदा प्रदीप ऐरीले ५३ बलमा ५७ रनको योगदान गरे ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ३५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन