चार महिनामा विपद्का घटनामा परी १५७ जनाको मृत्यु | Khabarhub Khabarhub

चार महिनामा विपद्का घटनामा परी १५७ जनाको मृत्यु


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।

सो समयमा १ हजार ४२१ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १५७ जनाको मृत्यु, ३ जना वेपक्ता र ३७७ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

बितेको चार महिनामा सबैभन्दा बढीको मृत्यु चट्याङका कारण भएको छ । यस वर्ष चट्याङ लागेर ५६ जनाको मृत्यु भइसकेको छ । चट्याङ लागेर १४९ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाखदेखि साउनसम्म पहिरोमा परी २८, बाढीमा परी ८, सर्पको टोकाइबाट १५, आगलागीमा परी १९, भारीवर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणबाट १६ र वन डढेलोमा परी १ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट यस वर्ष १ हजार ८ सय घरपरिवार प्रभावित भइसकेका छन् ।

पछिल्लो चार महिनामा विपद्का घटनाले ८५ करोड ३७ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

आगलागीका घटनाले सबैभन्दा ठूलो आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । आगलागीका घटनाबाट यस अवधिमा ७० करोड ९९ लाख ८५ हजार ९६० रुपैयाँको आर्थिक क्षति गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा पहिरोले ६ करोड ५७ लाख ७७ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ७ लाख ४२ हजार रुपैयाँ, चट्याङले ३० लाख ७४ हजार रुपैयाँ, भारी वर्षाले १ करोड ८७ लाख ४२ हजार ८ सय रुपैयाँ, हुरी बतासले २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पले ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३० लाख ८८ हजार ६ सय रुपैयाँ र वन डढेलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्ष अर्थात् २०७८ सालको सोही अवधि (वैशाखदेखि साउनसम्म)मा १ हजार ४५४ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १७५ जनाको मृत्यु, ४० जना वेपक्ता र ३८७ जना घाइते भएका थिए । सो अवधिमा विपद्का घटनाबाट १ हजार ९२३ परिवार प्रभावित भएका थिए भने ८९ करोड ४० लाख ४८ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : ३९ बजे

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी