राइनासका महिलालाई सिपमूलक तालिमसँगै प्रविधि हस्तान्तरण | Khabarhub Khabarhub

राइनासका महिलालाई सिपमूलक तालिमसँगै प्रविधि हस्तान्तरण


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- राइनास नगरपालिका वडा नम्बर ३ का महिलाहरूले सिलाई कटाई सम्बन्धी सिपसँगै अनुदानमा प्रविधि समेत पाएका छन् ।

राइनास नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नम्बर ३ का १२ जना महिलाहरूलाई सिलाई कटाई तालिमसँग सिलाई मेसिन प्रदान गरेको हो ।

एक महिना सम्म सञ्चालन भएको उक्त तालिमको समापनका अवसरमा तालिम लिएका महिलाहरूलाई ५० प्रतिशत अनुदानमा सिलाई मेसिन हस्तान्तरण गरिएको हो ।

सिप सिकेर व्यवसाय गर्न चाहने तथा आयआर्जनमा जोडिन चाहने महिलाहरूलाई सिपमूलक तालिम प्रदान गरिएको राइनास नगरपालिकाका मेड्पा कार्यक्रम संयोजक राधिका पन्तले बताइन् ।

तालिम पश्चात् १३ हजार ४ सय पर्ने सिलाई मेसिन महिलाहरूलाई ५० प्रतिशत अनुदानमा प्रदान गरिएको हो । यसवर्ष नगरपालिकाको वडा नं. ३, ४ र ७ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रम अन्तर्गत सिलाई बुनाई, मुढा बनाउने, डलकुसन बनाउने, हाउस वाइरिङ र ब्याग बनाउने तालिम सञ्चालन गरिएको हो ।

८० जना उद्यमी सृजना गर्ने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत सिपमूलक तालिमका लागि ८ लाख र प्रविधि हस्तान्तरणका लागि साँढे तिन लाख बजेट आएको मेड्पा कार्यक्रम संयोजक पन्तले बताइन्।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १२ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको