बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी | Khabarhub Khabarhub

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गरे । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एशोसिएसन नेपाल, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी सङ्घ, स्पेसियालिटी टि एशोसिएसन नेपालमा आबद्ध चिया १०० बढी व्यवसायीबाट उत्पादित चियाका ब्राण्ड राखिएका छन् ।

मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन तयार रहेको बताए । लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले यसबाट विदेशी उत्पादन निरुत्साहित गर्न सकिने बताए । उनले व्यवसायीलाई लुम्बिनी प्रदेशको गुल्मीलगायतका जिल्लामा उत्पादित कफीको प्रवर्द्धन र बजारीकरणका लागि लाग्न आग्रह गरे ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिकरूपमा सबल हुनसक्ने सम्भावना रहेको बताए। उनले बिजनेश हबका रुपमा बुटवललाई चिनाउन पनि कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आव २०७७/२०७८ मा नेपालले रु तीन अर्ब ७९ करोड मूल्य बराबरको चिया निर्यात गरेको छ । यस्तै, आव २०७७/२०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपिएकोमा २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो । कूल १६ हजार बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन । प्रदर्शनीमा ३० वटा स्टल राखिएका छन् । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ४० बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे