प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : 'ह्विस्की' खुवाएर एसपीपीमा हस्ताक्षर गराउलान्, ख्याल गर्नु | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : ‘ह्विस्की’ खुवाएर एसपीपीमा हस्ताक्षर गराउलान्, ख्याल गर्नु


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहीँ थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।

उनले भने,‘कूटनीतिका धेरै पक्षहरू हुन्छन् । कहिले दबाब दिएर, कहिले फकाएर, थाहै नदिईकन, निदाएको बेलामा, ह्विस्की खुवाएर’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्विस्की खाएर नशाको बेलामा सही गरिएला, ख्याल गर्नु र भरसक ह्विस्की नखानू ।’

नेपाल कुनै पनि सैन्य गठबन्धनमा जोडिन सक्दैन भन्नका लागि अलमलाउनुपर्ने आवश्यकता नरहेको उनले बताए । प्रधानमन्त्रीले एसपीपीमा सही गर्ने प्रश्नै नउठ्ने र उत्तरी सीमामा तालिम गर्न दिने कुरै नहुने बताएकोमा आफू खुसी भएको नेपालको भनाई छ ।

नेपालले भने, ’एसपीपीबारे छलफल गर्नुपर्छ । २०७२ कार्तिक १० गते भएको रहेछ । कुन प्रधानमन्त्री र रक्षा मन्त्रीको पालामा भएको भन्ने स्पष्ट हुनुपर्छ । को जोडिने को नजोडिने यथार्थ हुनुपर्छ ।’ अर्को कुरा नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी छ । हामीले खुट्टा कमाउने होइन । नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई नेपालमा रोक लगाउनुपर्छ ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : ५५ बजे

उपकूलपति बरालको प्रतिबद्धता- शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छु 

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले शैक्षिक पात्रो

सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेसको अडान कायमै

काठमाडौं– सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको

मधेस सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले बुझाए राजीनामा

काठमाडौं–नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ । मधेस सरकारमा

सरकारले प्रतिपक्षलाई न्याय गरेर भोलिसम्ममा छानबिन समिति बनाओस् : रमेश लेखक 

काठमाडौं–नेपाली कांग्रेसले सदनको अवरोध हटाउन बल सरकारकै हातमा रहेको बताएको

सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६