पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता | Khabarhub Khabarhub

पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् ।

यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ ।

थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १३ बजे

सेती लोकमार्ग : दश किलोमिटर कालोपत्र हुँदै

कैलाली– सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर

टी-२० विश्वकप : अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध

मुगुमा यार्सा संकलनका क्रममा चारजनाको मृत्यु, एक सिकिस्त

मुगु– मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु

टी-२० विश्वकप : को बन्न सक्छन् नायक ?

सन् २००७ को समय, एक दिवसीय क्रिकेटमा रोमाञ्च थियो। संसारका

म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ ।