डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी | Khabarhub Khabarhub

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बाजीसिंह खड्का र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर (साउद) निर्वाचित भएका छन् ।

२५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी भएको हो । नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गरेका छन् ।

नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेकाका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउदले एक हजार ९८३ मत प्राप्त गरेका छन् ।

राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बनेका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बनेकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ११ : ३१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड