डडेलधुरामा कांग्रेस चार पालिकामा विजयी | Khabarhub Khabarhub

डडेलधुरामा कांग्रेस चार पालिकामा विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– सातवटा स्थानीय तह रहेको डडेल्धुरामा छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहको प्रमुखमा जित हात पारेको छ ।

परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । अमरगढी नगरपालिका प्रमुखमा अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल निर्वाचित भएका छन् ।

कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भएका हुन् ।

प्रमुखमा निर्वाचित जोशीले तीन हजार ६१९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी भट्टले तीन हजार ४२६ मत प्राप्त गरे । उपप्रमुखमा विजयी झुकालले तीन हजार ६७८ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले तीन हजार ८५ मत पाए ।

अजयमेरु गाउँपालिका प्रमुखमा भट्ट

अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी वसन्ती पाल निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भए।

अध्यक्षमा निर्वाचित भट्टले दुई हजार ४६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पालले दुई हजार २९७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका हुन् ।

नवदुर्गा गाउँपालिका प्रमुखमा अवस्थी

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित लक्ष्मीप्रसाद अवस्थीले दुई हजार ८७९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टले दुई हजार ६०६ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी निर्मला बिष्टले तीन हजार २०८ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी चन्द्रा रूपालीले दुई हजार ३६७ मत प्राप्त गरे।

आलिताल गाउँपालिका प्रमुखमा पार्की

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित शेरसिंह पार्कीले दुई हजार ३८९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले दुई हजार २२४ मत पाएका थिए ।

उपाध्यक्षमा निर्वाचित मैनाकुमारी रावलले दुई हजार ६०२ मत प्राप्त गरिन् । कांग्रेसकका उम्मेदवारले दुई हजार २४१ मत ल्याएकी थिइन् ।

गन्यापधुरा गाउँपालिका प्रमुखमा कार्की

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार इन्द्रबहादुर कार्कीले तीन हजार १८४ मत प्राप्त गरी विजयी भएका भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्र बहादुर मालीले एक हजार ६०६ मत ल्याएका थिए । उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गरे ।

भागेश्वर गाउँपालिका प्रमुखमा चटौत

डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका हेमराज चटौत दुई हजार ३११ मतसहित पालिका अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले एक हजार ७८ मत ल्याए । यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी दुई हजार ३४८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : २७ बजे

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु