जुम्लाको सिंजा गाउँपालिकामा माओवादी केन्द्र विजयी | Khabarhub Khabarhub

जुम्लाको सिंजा गाउँपालिकामा माओवादी केन्द्र विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा– जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विजयी भएको छ । 

अध्यक्ष पदका उम्मेदवार पूर्णप्रसाद धितालले एक हजार ९४९ मत ल्याई विजयी भएका हुन् । धितालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार ८३१ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी भएका छन् । उनले एक हजार ९५६ मत ल्याएका हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले एक हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिंजाले जनाएको छ । यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ ।

पातरासी गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष र कांग्रेसले अध्यक्षमा विजयी भएको छ । हिमाकनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरिसकेको छ । विसं ०४७ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिल्लाका तातोपानी, गुठीचौर र हिमा गाउँपालिका अध्यक्षमा विजयी भएको थियो ।

यहाँका चन्दननाथ नगरपालिका, तिला तातोपानी र गुठीचौरको अन्तिम मत परिमाण आउन बाँकी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ०७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम