कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी | Khabarhub Khabarhub

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो ।

गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिस्पर्धामा थिए ।

उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन् ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष सहित पाँच वटा वडामा जितेको थियो । यसपालि माओवादीले नतिजा उल्टाउँदै अध्यक्ष उपाध्यक्ष सहित तीन वडामा जितेको छ । नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ ।  नेकपा एमालेले यसपालि पनि एक वडामा जित हासिल गरेको छ ।

आँबुखैरेनी-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरे ।

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन् । उनले ६६७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले एक हजार ८ मत सहित विजय हासिल गरेका हुन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले ६०५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ४ मा मा नेपाली नेपाली कांग्रेसकी मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भइन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका नेत्रबहादुर मगरले २१९ मत ल्याए ।

वडा नम्बर ५ को वडाध्यक्षमा माओवादीका सन्तोष गुरुङ आठ मतान्तरले विजयी भएका छन् । गुरुङले २८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका चित्रबहादुर आले मगरले २८० मत प्राप्त गरे ।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । उनले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रवीण गुरुङले ३८७ मत प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ५१ बजे

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि