'कृषि सामग्रीमा मूल्य बढाए खर्बौको आयात रोक्न सक्छौँ' | Khabarhub Khabarhub

‘कृषि सामग्रीमा मूल्य बढाए खर्बौको आयात रोक्न सक्छौँ’


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैभन्दा पहिला समस्या कहाँ छ नियाल्नु पर्छ । बितेको ३ वर्षमा जति पैसा खर्च भएको छ, हरेक क्षेत्रको हेर्नुपर्ने देखिन्छ । हरेक क्षेत्रले बढी पैसा कमाएको छ । खास गरी आयात गर्ने क्षेत्रहरू (गाडी, मोटरसाइकल ) को आयात दोब्बर देखिन्छ । उनीहरूको नाफा पनि धेरै भएको देखिन्छ । राष्ट्र बैंकले मनिटी पोलिसिमा एउटा राम्रो (साना र मझौला) संस्थालाई रिफइनान्सबाट पैसा दिन्छौँ भन्ने योजना बनाएको थियो तर त्यो पैसा जग्गामा खर्च भयो ।

यसले जग्गाको भाउमा वृद्धि गरायो । कृषकहरूलाई ऋण दिनु बैकको बाध्यता भयो । ३ वर्षमा धेरै जग्गाको भाउ बढ्न गयो । एकातिर सेयर मार्केटतिर गयो, सेयर मार्केट ओह्रालो लागेपछि त्यो पैसा पनि फस्यो । अर्कोतिर उत्पादनशील क्षेत्रमा ऋण दिएन । विवरणले ३८ प्रतिशत देखाउँछ, तर मलाई लाग्छ यो पनि उत्पादनशील क्षेत्रमा गएको छैन । यसको साथमा राष्ट्र बैकलाई एउटा अनुरोध छ, जुन क्षेत्रमा हाम्रो देशको सीमित स्रोत छ अहिले भएको उद्योगहरू ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।

यो रेमिट्यान्ससँगको कोरिलेसन सम्बन्धी १०-१५ वर्ष अगाडिको कुरा हो, ९० प्रतिशत आयात रेमिट्यान्सबाट हुन्थ्यो । त्यसपछि हामी इकोनोमिमा गयौैं, यसबाट इन्पुट आयो । सरकारले राजस्व उठायो । सरकार पनि खुसी हाम्रो देश प्रोगेस हुन्छ भन्ने लाग्यो । अब यो घटेर ४० प्रतिशतमा आएको छ । जबसम्म हामी उत्पादनशील क्षेत्रमा जाँदैनौँ तबसम्म यस्तै हुन्छ । सबैकुरा एकै पटक रोक्यो भने तलब खान पाइँदैन ।

तर यो समस्या पेट्रोलियम पर्दाथलाई रोक्न सक्दैनौँ । पेट्रोलियम पदार्थ भारतबाट ट्रकहरूले ३५ रुपैयाँको फरकमा लगिरहेको छ । यो राजनीतिक कारण हुन पर्यो कि बराबरी बनाउँछौ। नेपालीलाई गाह्रो नहोस् र विदेशीलाई यसरी सस्तो पेट्रोलियम पर्दाथ बाहिर पठाउँदा सित्तैमा दिएको जस्तो हुन्छ । यसलाई रोक्नु पर्दछ ।

यसमा धेरै ठुलो विदेशी संचय हुन सक्छ । अर्को सरकारले राम्रो नीति लियो विद्युतीय सवारीले डिउटी कम गर्नु पर्दछ । तर अहिले सट सर्फेट भएको कारणले व्यवसायहरू फस्टाएको छ । त्यो बैकमा नै ३० लाख परेको गाडीलाई ८० लाख ऋणमा दिइराखेका छौँ । परेको मूल्य भन्दा धेरै ऋण दिँदा राज्यलाई घाटा हुन्छ । यदि यस्तै हो भने राज्यले राजस्व उठाउन पर्याये । कृषिमा किसानले गरेको उत्पादनमा घाटा छ ।

किनकि कृषि उत्पादनमा कृषि सुधार शूल्क जम्मा ५ प्रतिशत छुट्याएको छ । त्यसैले खाद्यान्नको लागि गाउँमा भन्सार नै छैन । कृषि (राजनीतिक छोडेर) सम्पूर्ण ध्यान कृषिको संरक्षणमा लाग्नु पर्याये । नत्र यसै गरी छोड्ने हो भने जसले हामीलाई सकारात्मक आयात दिएको छ भने त्यसको विकासतर्फ लाग्नु पर्दछ ।

यसको लागि कृषिलाई महँगो बनाउन पर्दछ र कमसेकम २० प्रतिशतको उत्पादन दिनु पर्दछ । आज चिनिमा ४० प्रतिशतको उत्पादनमा डिउटी दिँदा महँगी बढेन कि, सिमेन्टमा ३५ प्रतिशत उत्पादन दिँदा महँगी बढेन । हामीले ४०० भारुको बोरा १२०० मा किनेर घर बनायौँ । त्यसैले कृषि सामग्रीहरूमा पनि ५ रुपैयाँ बढाइयो भने त्यति असर गर्दैन । त्यो हुने बित्तिकै एक वर्षभित्र ३ खर्बको आयातलाई रोक्न सक्छौँ । तर त्यसको लागि कमसेकम २० प्रतिशतको सुरक्षा दिनु पर्दछ ।

त्यसको लागि फेरि बाइलेबटनको कुरा आउला, यसको पनि समाधान छ । डाईरेक्ट कृषि सुधार शुल्क ९ प्रतिशत भन्दा कम लगाउन मिल्दैन भन्ने भारत र नेपालको कुरामा राम्रो नियम छ । भ्याट लगाउन मिल्छ या अन्त शुल्क लगाएर छुट दिन मिल्छ । यस्तै हो भने बंगलादेशले हाम्रो अलैचीमा ८२ र सुन्तलामा ५२ प्रतिशत डिउटी दिएको छ र हामीले दिँदा ५ प्रतिशतमा दिएका छौँ । यसलाई न रोकी हुँदैन । यसमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको पहल हुनु पर्यो।

हाम्रो देशका दुईतिहाइ जनताहरू कृषिमा मरिरहेका छन् उनीहरूलाई सहयोग गर्नुहोस् भनी हाम्रो छिमेकी मुलुकलाई भन्यौ भने उनीहरूले साँच्चै सहयोग गर्नु हुनेछ । अर्को समस्या चाहिँ अन्डर इन्भेइसिड. को छ । यसले रेमिट्यान्सलाई घटाईराखेको छ । आज बंगलादेशले ‘एक्र्पोट र्सपल्स र एक्र्पोट रिजेक्सन’को र्गामेन्टहरू १ देखि २ डलरसम्म रियल मूल्यसहित नेपालमा डम गरेको छ। तर हाम्रो जस्तो देशले २डलरमा त्यो किनेर हाम्रो यँहाको र्गामेन्टहरू कसरी फस्टाउँछ ।

 

हरेक वर्ष २ लाख रोजगारी दिनसक्ने अवस्था छ । सन् २००६ मा बंगलादेश र हाम्रो निर्यात बराबरी थियो । अहिले उनीहरू ५० बिलियनमा पुग्यो । हामी १० देखि १५ मिलियनको आसपासमा छौँ ।

त्यसकारण फ्लोस प्राईजकोे आवस्यकता छ । यसले राजस्व बढ्छ । डलर बेसमा आयात घटाउन पर्याये । त्यसको म्याचिडमा पुग्नको लागि डिउटी बढाउन पर्छ । अनि भारत स्मग्लिन हुने कुराहरू कुनै हालतमा आउन दिनु भएन । जस्तो मरिच छोकरा जस्ता सामग्रीहरू रोक्नु पर्दछ । हामीले बिजुली भारतलाई ४ रुपैयाँमा किन्न आग्रह गरेका छौँ । तर त्यो हाम्रो उद्योगलाई दियौँ भने २ वर्ष जतिमा कम्तिमा २० अर्बको निर्यात बढाउन सक्छौँ ।

मौलिक उत्पादनदेखि लिएर फलफूल र तरकारी उत्पादनमा निर्यात इन्सन्टिभ छैन । हुन त अहिले खान नपुगेको त छैन । तर अर्ग्यानिक उत्पादन गरेर बढी लाभ लिन सक्छौँ । त्यसमा राज्यले १० प्रतिशत जति ईन्सेन्टिभ दियो भने मजाले लाभ आउन सक्छ ।

त्यही आएको डलरलाई गाडी आयात गर्न दिइयो भने २५० डिउटी आउँछ । यसले अहिलेको अवस्थामा रेमिट्यान्स् बढाउन मद्दत गर्छ र यसबाट हाम्रो प्यारालर इकोनोमीमा ठुलो रेमिट्यान्स आएको छ । यसको लागि अहिले बैकहरूले १प्रतिशत ब्याज थपेर दिदैँछ । त्यसले मात्र पुगेन । त्यो पनि बैंक खातामा अएकोलाई दिनु पर्ने हो । यलसीमा दिनु पर्ने हो ।

त्यो पनि बैंकहरूले दुरुपयोग गरेको छ । त्यसैले यो बढेको हो । कोकोले गरेको हो म आफै उनीहरू मध्य नै हुनाले मलाई थाहा छ । कसरी हुँदै छ भन्ने आयात जुन बैंकले गरेको छ यो एकदमै गलत गरेको छ । यसमा म आफैलाई दोषी मान्छु । रेमिट्यान्स् बढाउनको लागि बैंकले जुन १ प्रतिशत थपेर दिएको छ त्यसमा बैकको कष्ट लागेको छ । राज्यले अथवा राष्ट्र बैकले दिएको छैन ।

त्यसमा १ देखि २ प्रतिशत थपेर दिइयो भने विदेशी सञ्चिति हुन्छ र अर्को कुरा प्रत्येक आइपियो मा १०प्रतिशत रिजभ गर्‍यो भने त्यस्तै खातामा आएको पैसाले यो किन्न पाउने व्यवस्था गरिदियो भने त्यसमा कस्ट लागेन । विदेशमा भएका कामदारलाई सामाजिक सुरक्षामा सहभागी गरायो भने त्यसले संञ्चितिको वातावरण ल्याउँछ ।

(खबरहबद्धारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा व्यवसायी पवन गोल्यानले राखेको धारणाको सम्पादित अंश)

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ५१ बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०