हरि खड्का दोषी ठहर, पाँच हजार जरिवाना | Khabarhub Khabarhub

हरि खड्का दोषी ठहर, पाँच हजार जरिवाना


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभाग प्रमुख रहेका खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएको भन्दै साबिक भ्रष्टाचार निवारण  र प्रचलित भ्रष्टाचार निवारण दुई आरोपसहित दण्ड सजाय हुन मागदावी लिएको थियो । सोही आरोपमा खड्का दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दिुज अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । जसका कारण उनलाई पाँच हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

नेपाल प्रहरीमा जागिर खाँदा खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियारले माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको थियो।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : २५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल

जसपा नेपाल फुटविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी