सरकारले हरहालतमा जनताको ज्यान जोगाउँछ– प्रधानमन्त्री | Khabarhub Khabarhub

सरकारले हरहालतमा जनताको ज्यान जोगाउँछ– प्रधानमन्त्री

'कोरोना महामारीसँग जुध्न आवश्यक सम्पूर्ण तयारी गर्नूस्'


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको बिपद न्युनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परिक्षणका साथै महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिए ।

होल्डिङ सेन्टर र आइसोलेशनका लागि ठाँउ अभाव भए खाली रहेका बिद्यालयको प्रयोग गर्नुपर्ने उनले बताए ।

खोप प्रयाप्ततालाई बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउन सरकाररले कुनै कसर बाँकी नराख्ने बताए ।

सबै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने बताए ।

बैठकमा बिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिए ।

स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेस्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ६ : ४५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक