चितवन कोरोनाको उच्च जोखिममा | Khabarhub Khabarhub

चितवन कोरोनाको उच्च जोखिममा


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ ।

सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय संक्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना संक्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको संख्या ८२८ जना पुगेको छ ।

२ गते जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार संक्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण बढ्दै जाने थालेको ढकालले बताइन् । उनका अनुसार पुस २६ गते जिल्लामा सक्रिय संक्रमितको संख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय संक्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र संक्रमण दर बढ्दै गएको छ ।

पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी दिइन् । ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण देखिएको थियो । माघ १ गते शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना स.्क्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।

जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन् । यहाँ हालसम्म २८ हजार ६८ जना संक्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोना संक्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सक्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना संक्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेको उनको भनाइ छ ।

सक्रिय संक्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन । माक्स को प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ३ : ३० बजे

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ– वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । ८०

निसीखोला बस दुर्घटना (अपडेट) : ९ जनाको मृत्यु, २८ जना घाइते

बागलुङ– बागलुङमा हिजो भएका बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९

गर्मीमा खुट्टा गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्  

काठमाडौँ– गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ ।

मौसम परिवर्तनसँगै छालामा देखिने समस्या र बच्ने उपाय

काठमाडौं – चिसो मौसम सकिएर विस्तारै गर्मी सुरु भएको छ।