दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. नागरिकता विधेयक फिर्ताबारेको पत्र प्रतिनिधिसभामा पेस

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर सुनाएका हुन् ।

२. नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोजौँ : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारको लागि पठाएपछि राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड दिएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् । उनले राष्ट्रपतिलाई विवादमा तान्न खोजिएको र एमालेसँग जोडेर हेरिएको आरोप लगाए ।

३. बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानलाई पार्टीको चुनाव चिन्हबाट लड्न दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय एकता अभियानका गौतम र भट्टराईले माओवादीको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गरेकाले उनीहरूको पार्टीका नेताहरूलाई पनि पार्टीकै चुनाव चिह्नबाट लड्न स्वीकृत गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

४. सार्वजनिक ऋण व्यवस्थापन विधेयक बहुमतले पारित 

प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई  बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

 ५. राष्ट्रिय भूमि आयोगको काम प्रभावकारी नभएको बारे सांसदहरूको चासो

वर्षौँदेखि अव्यवस्थित भूमिहीन बसोवासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भूमिहीनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिने गरी काम हुन नसकेको भन्दै सांसद लालप्रसाद सावा लिम्बुले सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला विश्वकर्मा, शान्ता चौधरी र  बिनाकुमारी श्रेष्ठले राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग गरे ।

६. भूमाफिया पीडितलाई न्याय दिलाउन पहल गर्छु : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ स्थित सनहीका ६५ घरपरिवार किसानले भेटेका छन् । भूमाफियाले कर्मचारीको मिलोमतोमा ६५ परिवारको ३४ बिगाहा जग्गा हडपेपछि पीडितहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका हुन् ।

प्रचण्डले पार्टीको तर्फबाट किसानहरुको न्यायको लागि लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भूमाफिया र कर्मचारीको मिलोमतोमा ३४ बिगाहा जग्गा हडपेपछि न्यायका लागि पीडित परिवार काठमाडौं आएर धर्ना दिइरहेका छन् ।

७. बञ्चरेडाँडामा फोहोर फाल्न  नदिने भन्दै स्थानीयको अवरोध

स्यानीटरी ल्याण्डफिल साइट नुवाकोटको बञ्चरेडाँडामा फोहोर फाल्न आज पनि स्थानीयले अवरोध गरेका छन् । काठमाडौं उपत्यकाबाट फोहोरका गाडीलाई अवरोध गर्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न उनीहरूले  माइकिङ समेत गरेका छन् ।

काठमाडौंमा   हिजो  पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी गराएका थिए ।

८. बाँकेबाट १० लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद 

प्रहरीले  बाँकेको जानकी गाँउपालिकाबाट  करिब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको सो  यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो ।

बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको छ ।

९. रूपन्देहीको एक होटेलमा  दुई जना  मृत फेला

रुपन्देहीको बुटवलस्थित एक होटेलमा  दुई जना  मृत अवस्थामा फेला परेका छन् । तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा एक पुरुष र एक युवती मृत फेलापरेको प्रहरीले जनाएको छ ।

धादिङ घर भएका अन्दाजी ३५-३६ वर्षका सिताराम भुजेल र  दाङ घर भएकी अन्दाजी २५ वर्षीया युवती मृत फेलापरेका  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

१०. आफ्नो देशको रक्षा प्रणाली शक्तिशाली रहेको रुसका राष्ट्रपति पुटिनको दाबी 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा प्रणाली कयौं गुणा शक्तिशाली र आधुनिक भएको दाबी गरेका छन् । युक्रेनसँगको झण्डै ६ महिना लामो युद्धमा अपेक्षित सफल हुन नसकिरहेका बेला रुसी राष्ट्रपतिले दुश्मनका हतियार भन्दा रुसी हतियार कयौं गुणा आधुनिक र शक्तिशाली भएको दाबी गरेका हुन् ।

रुसको रक्षा प्रणाली अन्य देशहरूको भन्दा दशकौँ अगाडि र कयौं गुणा शक्तिशाली रहेको उनको दाबी थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : ३३ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत