खस्किँदै गइरहेको अर्थतन्त्रप्रति वाइसिएलद्वारा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

खस्किँदै गइरहेको अर्थतन्त्रप्रति वाइसिएलद्वारा सरकारको ध्यानाकर्षण


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने सरकारका प्रयास पर्याप्त नभएको भन्दै अर्थतन्त्रका सूचकलाई सकारात्मक र सन्तुलित राख्न राज्यका तर्फबाट आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । 

वाइसिएल नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण, अनावश्यक खर्च कटौती र आर्थिक मितव्ययितालगायत उपाय अवलम्बन गरी मुलुकले झेल्नुपरेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

राज्यका उच्च निकायमा कार्यरत अधिकारी नै ‘नेपाल श्रीलङ्का बन्न सक्छ’ भन्ने अभिव्यक्ति दिँदै निराशाको सञ्चार गर्ने र परिस्थिति भड्काउने षड्यन्त्रमा लागेको भन्दै वाइसिएलले त्यस्ता निराशावादी अभिव्यक्ति दिने जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेको छ । वाइसिएलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्ने विषय सार्वजनिक भइसकेकाले गभर्नरलाई यथाशीघ्र पदमुक्त गरी छानविनको दायरामा ल्याउन माग गरेको छ ।

अर्थतन्त्रले जटिल परिस्थितिको सामना गरिरहेको परिस्थितिमा नेपाल प्रहरीका लागि थप हतियार खरिदका निम्ति बजेटको व्यवस्था गरिनु राष्ट्रिय आवश्यकता र नागरिक चाहना हुन नसक्ने ठहर गर्दै वाइसिएलले हतियार खरिदका लागि निकासा गरिएको बजेट खारेज गर्न माग गरेको छ ।

आर्थिक क्षेत्रमा पारदर्शीता र मितव्ययिता कायम गर्दै अनुत्पादक क्षेत्रको बजेट कटौती गर्नुपर्ने अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र राजनीतिक नेताका परिवार तथा आफ्न्तका नाममा स्थापना भएका संस्थाका लागि ठूलो रकम विनियोजन गरिएकामा आफूहरुको ध्यानाकृष्ट भएको जनाउँदै वाइसिएलका अध्यक्ष सुमन देवकोटाले ज्ञापनपत्रमार्फत बजेटका त्यस्ता प्रावधान खारेज गरी लोकतन्त्रप्रति जनविश्वास बढाउन सङ्घ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

वर्षायाममा आउने बाढी पहिरो, हिउँदको समयमा हुने आगजनीलगायत प्राकृतिक प्रकोपका कारण सयौँ नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था देखिएको जनाउँदै वाइसिएलले नागरिकको सुरक्षा, राष्ट्रिय एवं नागरिकको सम्पत्तिको संरक्षण र युवाहरूको सीप एवं क्षमताको अभिवृद्धिका लागि १८ देखि ४० वर्षभित्रका सबै युवालाई विपद् व्यवस्थापन तालिम दिन माग गरेको छ । 

‘कृषि प्रधान मुलुकमा खेतीपातीका समयमा किसानले मल र बिउ पाउन सकेका छैनन्, जसका कारण कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान संकुचित हुने खतरा बढिरहेको छ, नयाँ शैक्षिक सत्र प्रारम्भ भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन’, ज्ञापनपत्रमा भनिएको छ, ‘किसानका निम्ति यथाशीघ्र मलबीउ, कीटनाशक औषधि र विद्यार्थीका निम्ति पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्दछ ।’

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : १५ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी