अफगानिस्तानमा तालिवान सरकार बनेपछि इरानमा अफगानी बाल मजदुर बढे | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिवान सरकार बनेपछि इरानमा अफगानी बाल मजदुर बढे


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ ।

अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो ।

गत सन् २०२१ को अगस्ट १५ मा अफगानिस्तानमा तलिवान विद्रोहीले सत्ता कब्जा गरेका थिए । त्यसपछि इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

इरानी सञ्चार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार अफगानिस्तानमा तालिवान सरकार बनेदेखि अहिलेसम्म इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या २० गुणा बढेको छ ।

विश्व बाल मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको विवरणमा बाल अधिकारका दृष्टिले बाल मजदुरहरुको सङ्ख्या बढ्नु अत्यन्त चिन्ताजनक भएको उल्लेख गरिएको छ ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि आफ्नो देशमा बस्ने तथा पढ्ने वातावरण नभएको भन्दै उनीहरु इरान गएको पाइएको छ ।

राजनीतिक तथा आर्थिक कारणले अफगानिस्तानका धेरै वयस्कहरु इरान गएको र उनीहरुसँगै बालबालिकाहरु पनि गएकाले इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या बढेको प्रतिवेदनमा लेखिएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ११ : ४९ बजे

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको