बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने | Khabarhub Khabarhub

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ । यसअघि वैशाख ३० गतेको स्थानीय तहको मतदान स्थगित भएको भएको थियो ।

बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेका अनुसार नगरपालिका १० वटा वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

यसअघि निर्वाचन हुँदा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूले विवाद गर्दा निर्वाचन स्थगित भएको थियो । एमाले र काँग्रेसले एकअर्कालाई धाँधली गरेको आरोप लगाएका थिए ।

विवाद चुलिएपछि गठबन्धन दलले पुनः मतदान गर्न माग गरेको थियो भने एमालेले खसेको मत गन्न माग गरेको थियो ।

निर्वाचन आयोगले छानबिन गरी निष्पक्ष निर्वाचन गराउन असफल भएको निष्कर्ष निकालेको थियो । र, नगरपालिकामा खसेका सबै मत बदर गरेको थियो । निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसकेको भन्दै सुरक्षा प्रमुख र प्रशासन प्रमुखलाई हटाउन समेत सिफारिस गरेको थियो ।

नयाँ प्रमुखहरू जिल्लामा पुगेर सर्वदलीय बैठक गरेपछि पुनः मतदान गर्न सहमति जुटेको हो ।

बुढीगंगा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रंग खाती मेयर र रिता शाही उपमेयरका उम्मेदवार छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट रामबहादुर बानियाँ मेयर र माया खड्का उपमेयरका उम्मेदवार छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १० : ०२ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार