कहिलेसम्म नेपालतर्फ चीनको अघोषित नाकाबन्दी ? | Khabarhub Khabarhub

कहिलेसम्म नेपालतर्फ चीनको अघोषित नाकाबन्दी ?



नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक घोषणा गरेको चीन सरकारको निरन्तरको अवरोधको नकरात्मक असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ। नेपाल चीन व्यापारमा संलग्न व्यवसायी, चीन सरकारले विभिन्न बहानाबाजी गरेर तातोपानी र केरुङ नाकाबाट निर्वाद भइरहेको व्यापारलाई अघोषीत रुपमा तहसनहस बनाएको छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार तातोपानी र केरु¨ दुवै नाका बाट सहजरुपमा सामान आयात हुने मौसम अब गुज्रिएको छ। वर्षा लागेपछि यी दुबै नाका बाढी र पहिरोले अस्तव्यस्त हुन्छन्। अहिले वर्षाका लागि लक्षित गरेर लोड भएका कपडा तथा अन्य सामान चिनियाँ अधिकारीले नेपाल पठाउन अवरोध गरिरहेका छन्।

सन् २०२० को सुरुबाटै वुहान सहरमा देखिएको कोभिड–१९ संक्रमणको कारण विभिन्न किसिमका प्रतिबन्ध लगाएर नेपालतर्फको व्यापार प्रभावीत बनाइएको थियो। त्यसपछि सम्पूर्ण विश्व कोरोना महामारीको संक्रमणबाट मुक्त भएर अहिले खुला परिवेशमा फर्किसकेको छ। तर, नेपाल चीन सीमा क्षेत्रमा चीनले लगाइरहेको प्रतिबन्ध र निगरानी उस्तै छ।

कोभिड नियन्त्रणका लागि भन्दै दुई बर्षयता पूर्णरुपले आवतजावत ठप्प बनाएको चीनले त्यसअघि पनि २०७२ सालको भूकम्पका कारण तातोपानी नाका थप असुरक्षित बनेको भन्दै नेपालतर्फ आयात हुने सबै कन्टेनरलाई केरुङ नाकातर्फ केन्द्रित गराएको थियो। तर, त्यसपछि न केरुङ नाका व्यवस्थित् भयो न चीनले प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनायो। परिणामः नेपाली व्यवसायीले करोडौंको एलसी खोलेर मगाएको सामान बोकेका कैयौं कन्टेनर चीनका विभिन्न सहरमा महिनौं रोकिन थाले।

कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको समयमा विश्वका अधिकांश मुलुकमा नियमित सामान निर्यात गरेको चीनले नेपालतर्फको नाका भने धेरै पटक एकपक्षीय रूपमा बन्द गरेको छ।

चीनका विभिन्न सहरमा अहिले पनि कोरोना महामारीविरुद्धको प्रतिबन्ध उस्तै छ। तर, विस्तारै रोकिएको हवाई सेवा सुचारु भएको छ। परिवर्तित् सन्दर्भमा, अब व्यापार सहज हुने अपेक्षा हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको छ। झन्डै साढे दुई वर्षदेखि नेपालमा रोकिएका विद्यार्थी फर्किन थालेका छन्, अब यात्रा सहज हुन्छ तर चीन तर्फका दुबै भन्सार नाका मौसमका कारण असहज बन्ने समय सुरु भइसकेको छ, श्रेष्ठले भने, नेपाली व्यवसायीले दुई वर्षयता मौसम अनुसारको सामान ल्याउन बन्दरगाहको बाटो प्रयोग गरिरहेका छन्। चिनियाँ अधिकारी तिम्रो सरकारसँग कुरा गर भनेर पन्छिई रहेको तर परराष्ट्रमन्त्रालयले थालेको पहलसमेत सफल नभएको अध्यक्ष श्रेष्ठले बताए। यसमा चिनियाँ पक्षकै नियतमा समस्या छ।

व्यवसायिका अनुसार, २०७२ सालको विनासकारी भूकम्पपछि चिनियाँ पक्ष आफैंले मर्मत गरेर सञ्चालनमा ल्याएको तातोपानी भन्सार नाका अहिले पनि समस्याग्रस्त छ। २०७६ साल जेठ १५ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उद्घाटन गरेको नाकाबाट अहिले पनि मुस्किलले दैनिक १० वटा कन्टेनर भित्रिइरहेका छन्। त्यो पनि नियमित छैन। सयौं कन्टेनर चीनका विभिन्न सहरमा राजमार्ग दायाँबायाँ पालो पर्खेर बसेका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर श्रेष्ठका अनुसार, तातोपानी नाका नियमित नहुँदा चीन सरकारले करोडौं खर्चेर निर्माण गरिदिएको लार्चाको सुक्खा बन्दरगाहसमेत प्रयोगबिहीन बनेको छ। तातोपानी नाका उस्तै छ, केरुङमा अहिले कन्टेनर पुग्नै महिनौं लाग्छ, व्यवसायी श्रेष्ठले भन्नुभयो, ‘व्यवसायीले आफ्नो सामान अन्यत्रैबाट ढुवानी गर्न थालेका छन्। तातोपानी नाकाले २०७२ सालको विनासकारी भूकम्पपछि विश्वास गुमाइरहेको छ।’

कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको समयमा विश्वका अधिकांश मुलुकमा नियमित सामान निर्यात गरेको चीनले नेपालतर्फको नाका भने धेरै पटक एकपक्षीय रूपमा बन्द गरेको छ।

व्यवसायिका अनुसार भूकम्पको समयमा केरुङ नाकाबाट केही ट्यांकर तेलसमेत आयो। भारतले नाकाबन्दी लगाए पनि चीनबाट सबै सामान भित्रन्छ भन्ने प्रतिकात्मक सन्देश दिएका चिनियाँ अधिकार त्यसपछि द्विपक्षीय व्यापारको प्रश्नमा संधै अनुदार छन्।

कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको समयमा विश्वका अधिकांश मुलुकमा नियमित सामान निर्यात गरेको चीनले नेपालतर्फको नाका भने धेरै पटक एकपक्षीय रूपमा बन्द गरेको छ। व्यवसायीले चीनले लोड भइसकेका सामान ल्याउन अवरोध पुर्याएर निरन्तर नेपालमाथि अघोषित नाकाबन्दी गरेको भन्दै सरकारलाई धेरै पटक गुहारेका छन्। यो बीचमा चीनबाट भएको उच्चस्तरीय भ्रमणमा तातोपानी र केरुङ नाकाको अवरोध हटाएर आयात निर्यात सहज बनाउनुपर्ने विषय उठेको पनि छ। तर, उच्चस्तरीय भ्रमणपछि पनि चीनले नेपाली व्यवसायीको कन्टेनर नेपाल पठाउने प्रक्रिया सहज बनाएको छैन।

तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले व्यवसायीको साथमा गएर प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पटकपटक भेटेको नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले बताउनुभयो।

तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले व्यवसायीको साथमा गएर प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पटकपटक भेटेको नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले बताउनुभयो। अहिले मुलुकमा डलरको सञ्चिती घटेको छ। अत्यावाश्यक लत्ता कपडा आयात गर्न नेपाली व्यवसायीले करोडौं डलरको एलसी खोलेर सामान मगाएका छन्। तर, सामान आउन महिनौं लाग्छ। यसले मुलुकको अर्थतन्त्रमासमेत नराम्रो असर परिरहेको छ। नेता बस्नेतले भन्नुभयो अहिले तातोपानी भन्सार क्षेत्रमा रसायनिक मलसम्म रोकिएका छन्, यता नेपालमा किसानले मल नपाएर बिजोग छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद एमाले नेता शेरबहादुर तामाङ, तातोपानी नाका सुचारु गर्ने र सीमा क्षेत्रको समस्या समाधान गर्ने बिषयमा तत्कालीन केपी ओली नेतृत्वको सरकारको पाला बाटै पहल भएको तर समस्या अहिले पनि नसुल्झिएको बताउनुहुन्छ। तातोपानी नाका उद्घाटनका बेला, चीनका वाणिज्य उपमन्त्री झाङ जिङचेनले अब नेपाल चीन व्यापार वाणिज्यका क्षेत्रमा कुनै समस्या नरहने बताएका थिए। तर, व्यवहारमा देखिएको समस्यम हट्न, परराष्ट्रमन्त्री वाङ यी नेपाल आउंदा पनि यो विषय उठेको हो।

व्यवसायीका अनुसार, रसुवाको केरुङ नाकामा पनि उस्तै समस्या छ। पहिले दैनिक सात वटा कन्टेनरमा (सामान) भित्रन्थ्यो। अहिले मुस्किलले १४ वटा कन्टेनरसम्म आएको रेकर्ड छ। तर, रसुवा भन्सार कार्यालयका अनुसार औसतमा सात वटा कन्टेनर पनि नेपाल आउन सकेको छैन, भन्सार पारी चीनतर्फ नै समस्या छ। यसको असर मुलुकको अर्थतन्त्रमा परेको छ। चालु आर्थिक वर्षमा केरुङ नाका भएर चीनबाट ४ सय भन्दा बढी विद्युतीय सवारी साधन र महंगा विद्युतगृह तथा विमानस्थल सम्बन्धी उपकरण भित्रिएकाले ६ अर्ब ६१ करोड रुपियाँ भन्दा बढी राजस्व असुली भएको देखिन्छ। चालु आर्थिक वर्षको समीक्षा अवधिमा, तातोपानी भन्सार कार्यालयले दुई अर्ब ८३ करोड रुपियाँ राजस्व असुली गरेको छ।

दुबै नाकाले भन्सार विभागले तोकेको लक्ष अनुसार राजश्व संकलन गरेपनि, व्यवसायी चीनबाट फलफूल, औषधि तथा अत्यावश्यक सामग्री बोकेका गाडीले पहिले प्राथमिकता पाउने हुँदा वस्तु आयातका लागि तातोपानी र केरुङ छाडेर धेरै व्यवसायी बन्दरगाहतर्फ गइसकेको बताउंछन्।

जाडोका लागि मगाएको कपडा गर्मीमा र गर्मीका लागि मगाएको कपडा जाडोमा आइपुग्छ। समयमै कन्टेनर नछाड्दा ढुवानी खर्च बढेको छ र यसको असर तयारी कपडा र विद्युतीय सामानको स्थानीय मूल्यमा परिरहेको छ।

चीनबाट नेपाल भित्रने धेरै फलफूल तिब्बतका विभिन्न सहरबाट लोड हुन्छ। स्याउ, नास्पाती र ओखर तिब्बती बजारबाटै आउने भएकाले बन्दरगाहसम्म लैजान समय लाग्छ, त्यसैले कुहिने सम्भावना भएका यस्ता वस्तु ढुवानी गर्ने कन्टेनरलाई कोटा प्रणालीमा राख्दा पनि समस्या परेको छ। हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, फलफूल जस्ता छिट्टै कुहिने सामान बोकेको कन्टेनर छाड्न थप प्राथमिकता दिन र दैनिक कोटा नतोक्न व्यवसायीले पटकपटक आग्रह गरेको बताउनुहुन्छ। तर, व्यवसायीको आग्रह कसैले सुनेको छैन।

कोटा प्रणाली कै कारण नेपाली व्यवसायीले महिनौं अगाडि एलसी खोलेर लोड गरेको सामान अहिले पनि ग्वान्जाउमा अलपत्र छन्।जाडोका लागि मगाएको कपडा गर्मीमा र गर्मीका लागि मगाएको कपडा जाडोमा आइपुग्छ। समयमै कन्टेनर नछाड्दा ढुवानी खर्च बढेको छ र यसको असर तयारी कपडा र विद्युतीय सामानको स्थानीय मूल्यमा परिरहेको छ।

व्यवसायीका अनुसार, सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चीनबाट सामान आयात गर्ने गरेका छन्। चीनमा गाडी रोकिंदा दैनिक २ हजार आर.एम.बी अतिरिक्त शुल्क तिर्नुपर्छ। यसको असर पनि मुलुककै अर्थतन्त्रमा जोडिन्छ।

नमस्ते ट्रान्सपोर्टका संचालक दानर्बु शेर्पा चीनमा गएर समयमै सामान लोड नगर्दा दैनिक झण्डै ४० हजार रुपैयाँ हर्जना तिर्नुपर्ने भएपछि नेपाली व्यवसायीको माग अनुसार मात्रै सीमित गाडी सामान लिन जाने गरेको बताउंछन्। २०७२ सालपछि तातोपानी नाकामा एकलौटी सामान आयात गरिरहेको सिल्क ट्रान्सपोर्टले नेपाली बजारमा रसायनिक मल ल्याउने ढुवानी जिम्मा पाएको छ तर सम्झौता अनुसारको मलसमेत ल्याउन सकेको छैन। यसमा पनि चिनियाँ पक्षले अवरोध गरिरहेको छ।

रेलमार्ग हुँदै सामान बोकेका कन्टेनर एक दिन मै चीनको सिगात्से आइपुग्ने र त्यहाँबाट केरुङ नाका नजिक पर्ने हुँदा २०७३ सालपछि नेपाली व्यापारी त्यसतर्फ जोडिएका थिए। तर, अहिले न यता न उताको अवस्थामा धेरै व्यापारी पानी जहाजबाट सामान ढुवानी गरेर वीरगञ्ज नाका हुँदै महंगो मूल्य चुकाएर व्यापार गरिरहेका छन्। नेपालका लागि एलसी खोलिएका र लोड भएका सामान धेरै नेपाली बजारमा आउनै छाडेको छ।

सामान बोकेका सयौं कन्टेनर आउने तातोपानी नाकाबाट अहिले मुस्किलले १० वटा कन्टेनर मात्रै नेपाल भित्रिरहेको छ। नेपालबाट चीन निर्यात हुने, जडीबुटी, हस्तकलाका र खाद्य सामग्रीसमेत नियमित निर्यात भएको छैन। निर्यात प्रभावित हुने र आयातका लागि विदेश पुगेपछि डलर अनुसारको सामान समयमै आयात नहुँदा व्यापार घाटा बढेको छ र विदेशी मुद्रा सञ्चितिमा चाप परेको छ। व्यापारी त्यही सामानका लागि समुद्रीमार्ग पुग्न थालेपछि व्यावसायिक लागत बढेको मात्र छैन, दुई मुलुक बीचको दशकौं पुरानो व्यापारिक सम्बन्धमा असर परेको छ।

उत्तरको नाकाले विश्वास गुमाउँदै
नेपाल हिमाल सिमापार वाणिज्य संघका अनुसार चिनियाँ अधिकारीले नेपालसँगको सीमा नाकामा निगरानी बढाएर व्यापार प्रभावित बनाउन थालेपछि धेरै व्यापारी भारतको कलकत्ता बन्दरगाह पुग्न थालेका छन्। सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका दुबै समस्याग्रस्त छ, सरकारले चीनसँग निर्णायक पहल नगर्ने हो भने तातोपानी र रसुवागढी नाका बन्द गरिदिए हुन्छ, व्यवसायीले जति लागत पर्छ सोही अनुसारको मूल्य राखेर सामान आयात गर्नेछन्, भारतको कोलकत्ता हुँदै सामान भित्रने छ। लार्चामा खुलेको सुक्खा बन्दरगाह पनि बन्द गरेहुन्छ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान महासचिव यादव दाहालले भन्नुभयो, सरकारले नाकाको बारेमा उचित पहल नगर्दा अर्थतन्त्रमा समस्या परिरहेको छ।

चीनतर्फका दुबै नाका सञ्चालनमा नआउदा नेपाली व्यवसायीले महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गरिरहेका छन्। चालु आर्थिक वर्षको समीक्षा अवधिमा चीनबाट २.२६ खर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको सामान आयात भएको छ। यो सबै तातोपानी र केरुङ नाका भएर आएको भए राजश्व असुली बढ्ने थियो। कुन सामानको मुस्किलले २० प्रतिशत हिस्सा मात्र स्थाल मार्गबाट आएको छ। बाँकी विभिन्न चिनियाँ सहरबाट आयत हुने सामान समुद्री मार्ग हुँदै भारत पुगेर नेपाल भित्रिएको छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले २० दिनमा तातोपानी र रसुवाबाट नेपाल आइपुग्ने सामान ६० दिन लगाएर भारत हुँदै आयात गर्नुपर्दा लागत बढेको छ, व्यापारीले मात्र गुमाएका छैनन्, बजारमा सामग्रीको मूल्य बढेको छ। कोलकताको बाटो प्रयोग गर्दा प्रति कन्टेनर २५ सय डलर अतिरिक्त रकम बाहिरिई रहेको छ।

कागजी बाघः बीआरआई
नेपालका व्यवसायीले झण्डै तीन वर्षदेखि नेपाल चीन भन्सार नाकाबाट सहज वातावरणमा कारोवार गर्न गराउन माग गरिरहेका छन्। तर, चिनियाँ अधिकारी कहिल्यै सकरात्मक भएका छैनन्। परिणाम अत्यन्तै सिथिल बनिरहेको नेपाली अर्थतन्त्रमा यसको नकारात्मक असर परिरहेको छ। एक कन्टेनर सामान ३ महिना लगाएर कलकत्ता बन्दरगाह हुंदै नेपाल ल्याउन झण्डै ३ हजार डलर बढी खर्च भइरहेको छ। अनि नेपालसँगको सीमा नाकामा अघोषीत् अवरोध श्रृजना गरिरहेका चिनियाँ सरकारी अधिकारी, पूर्वाधारदेखि मनसम्म जोडिएर बीआरआई बाट साझा समृद्धिका लागि द्रुत मार्गको निर्माण भन्दै ढोल पिटाई रहेका छन्।

यही जुन १० अर्थात् जेठ २८ का दिन चीनको राज्य नियन्त्रित रेडियो चाइना रेडियो इन्टरनेशनलले आफ्नो फेसबुक पेजमा तस्बिरसहितको समग्री हाल्योः पूर्वाधारदेखि मनसम्म जोडिएर “बीआरआई“ बाट साझा समृद्धिका लागि द्रुत मार्गको निर्माण। जसमा लेखिएको थियो, केही दिनअघि दैनिक उपभोग्य सामग्री र इलेक्ट्रोनिक सामानले भरिएको पहिलो दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल चिनियाँ सछ्वान प्रान्तीय छङ तु अन्तर्राष्ट्रिय रेलवे बन्दरगाहबाट काठमाडौँतर्फ प्रस्थान गरेको छ। यो रेल तिब्बतको चिलोङ बन्दरगाहमा पुगेपछि उक्त मालसामान राजमार्गबाट कन्टेनर परिवहनमार्फत् गन्तव्य पुर्याइने छ। पहिलाको परम्परागत गाडी र समुद्री यातायात तरिकाको तुलनामा रेल–राजमार्ग संयुक्त यातायातको यो तरिकाले लगभग २० दिनको समय बचत गर्नेछ। यो अझै प्रभावकारी र छिटो यातायात च्यानल हो।

त्यसोतः दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल सञ्चालन भएको भन्दै चिनियाँ सरकारी सन्चारले समाचार संप्रेषण गरेको यो पहिलो होइन। यसअघि भारतले नेपालमा नाकाबन्दी लगाएको समयमा पनि यस्तैयस्तै तस्विर र समाचार आएका थिए। सन् २०२० मे २२ तारिखमा पनि, पल्लो शानसी प्रान्तीय सिआन सहरबाट काठमाडौँसम्म पहिलो दक्षिण एसियाली मालवाहक रेल सञ्चालन भएको भन्दै चिनियाँहरुले भ्रम फैल्याएका थिए। जसलाई चीनबाट दक्षिण एसियाली देशसम्मको पहिलो मालवाहक रेल भनिएको थियो। त्यसपछि, सन् २०२१ डिसेम्बर २० तारिखदेखि सन् २०२२ मार्च ३० सम्म कान्सु, छिङहाई र लानचौ बाट पनि नेपालका लागि दक्षिण एसिया राजमार्ग–रेलमार्ग रेलहरू सञ्चालनमा आएको प्रचार चिनियाँहरुले गरे।

रेलमार्ग, राजमार्ग, बन्दरगाह आदिमा आधारित यस नेटवर्कको निर्माणले नेपाललगायत वरिरपरिका देशहरूबीच सामान, पूँजी, सूचना, प्रविधि तथा मानिसको व्यवस्थित प्रवाह र अनुकूल व्यवस्थापनलाई तीव्रता दिने दाबी चीनले गरेको हो। तर, ती नेपालका लागि छुटेको भनिएका रेलका सामान कहिल्यै काठमाडौ आएनन्। कन्टेनरहरु तिब्वतका विभिन्न भागमा अलपत्र रहे। उता चीनले भने निरन्तर रेल सेवा मार्फत घनिष्ठ साझेदारी सम्बन्धको स्थापना एवं पारस्परिक लाभ र जीत हासिल गर्न भरपर्दो योगदान दिने प्रचार गरिरह्यो। जसलाई उसले बेल्ड एण्ट रोड इनिसिएटिभ बीआरआईको कार्यान्वयनसँग जोडीएको महत्वपूर्ण उपलब्धिका रुपमा अथ्र्याइरहेको छ।

विभिन्न मुलुकलाई साझा समृद्धिको अवसर प्रदान गरेको दाबी गर्दै नेपाल जस्तो सानो अर्थतन्त्रयुक्त मुलुकलाई निरन्तर अफ्ठ्यारोमा पारिरहेको चीनले जटिल अन्तर्राष्ट्रिय अवस्था र कोभिड महामारी कै बीचमा पनि यो वर्षको अघिल्लो ४ महिनामा चीन र बेल्ट एण्ट रोड वरिपरिका मुलुकबीचको आयात निर्यातमा कूल रकम ३९ खर्ब र ७० अर्ब चिनियाँ युआन पुगेको विवरण देखाएको छ। अघिल्लो वर्षको तुलनामा चीनले आफ्नो आर्थिक कारोवार १५.४ प्रतिशतले बढाउंदा नेपालसँगको सिमामा भने संधै उल्झन मात्रै देखाएर नेपालको अर्थतन्त्रलाई थप सिथिल बनाइरहेको छ। नेपालसँगको सीमा नाकाको चित्र हेर्दा, चीनले पूर्वाधारमार्फत नेपाललाई बाहिरी विश्वसँग जोड्ने आश्वासन दिइरहेको छ अनि नेपाली व्यवसायी र जनताको मन निरन्तर भत्काइरहेको छ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ९ : ३१ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति