बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो « Khabarhub

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बागमती नदी किनारामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ । 

सरकारले बागमती करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना भत्काउने काम सुरु गरेको हो । सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तीनकुने सुविधानगर क्षेत्रमा बनाइएका अनाधिकृत संरचना डोजर लगाएर भत्काएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेले गैरकानूनी रूपमा सडक क्षेत्र मिचेर बनाइएका अवैध टहरा भत्काइएको  बताए । समितिका कर्मचारी प्रहरीसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो । 

समितिका सूचना अधिकारी कमल अर्यालले पटकपटक सूचना जारी गरेर हटाउन आग्रह गर्दा पनि बेवास्ता गरेपछि मापदण्ड विपरीत निर्माण गरिएका ६ वटा संरचना हटाइएको बताए । नदी किनारमा सौन्दर्यीकरणका कामहरू गरिरहेको सन्दर्भमा यस्ता अवैध संरचनाले कुरूपता बढाएकाले भत्काइएको उनले बताए ।

अर्यालले भने,‘ नदी किनार सफा र सुन्दर राख्नुपर्छ भन्ने समितिको ध्येय हो । पछिल्लो पटक यस्ता अवैध संरचना बनाउने क्रम बढेको छ । यसले नदीको सौन्दर्य र संरक्षणमा चुनौती थपेको छ, अवधै संरचना हटाएर बागमती नदीलाई राम्रो बनाउने अभियानमा हामी लागेका छौं ।’ 

यसअघि समितिले  २८ वटा अवैध संरचना भत्काइसकेको बताउँदै आगामी दिनमा पनि यस्ता संरचना हटाउने काम जारी रहने सूचना अधिकारी अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ५७ बजे

रूसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने

मस्को– यूक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा

कैलालीमा कर्मचारी कुटपिट र कार लुट प्रकरण, कारमा चढेपछि बनेको थियो लुट्ने योजना

धनगढी– डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार

कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काएको आरोप

गोरखा– कृषि ज्ञान केन्द्रका कर्मचारीको लापरबाहीका कारण कृषकले पाँच महिना

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

जनकपुर– सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित

राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन