कांग्रेस प्रवक्ता भन्छन्– स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ | Khabarhub Khabarhub

कांग्रेस प्रवक्ता भन्छन्– स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहमा चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने जनाएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले तालमेलको आवश्यक निर्णय गर्न स्थानीय तहलाई नै जिम्मा दिइएको भन्दै सहमति हुन नसके केन्द्रले टुङ्गो लगाउने बताएका हुन्।

गठबन्धनका साझा उम्मेद्वार तय गर्न स्थानीय तहमा गठबन्धनबीच नै प्रतिष्पर्धा हुने सक्ने उनले बताए । तर गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे। उनले गठबन्धनको मूल मर्म र भावनाअनुसार हुनेसम्म तालमेल गर्न भनिएको जानकारी दिए। उनले तालमेलमा समस्या देखिए छलफलबाटै निष्कर्ष निकाल्न सकिने भएकाले बाहिर जथाभावी नबोल्न निर्देशन दिइएको बताए।

महानगर र उपमहानगरका तहबाहेकका स्थानमा साझा उम्मेद्वार चयन गर्न केन्द्रले कुनै दबाब नदिएको उनले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : २९ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा

पाटन भ्रमणमा निस्किए पूर्वराजा शाह (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरको धार्मिक तथा सांस्कृतिक सहर

बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बेपत्ता योद्धाहरूका

बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोन लोन सुविधा

काठमाडौं– कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई

१०७ किलो गाँजासहित एक जना पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय महोत्तरीले १०७ किलो गाँजासहित एक