मेयर कप क्रिकेटको उपाधि खलंगालाई | Khabarhub Khabarhub

मेयर कप क्रिकेटको उपाधि खलंगालाई


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि खलंगाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा  दशरथ चन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । 

खलंगा  गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथ चन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलंगाले रु ७५ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता दशरथ चन्दले रु ५० हजार प्राप्त गर्‍यो  । 

फाइनलमा खेलमा  दशरथ चन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो ।  उसका लागि हरिश कार्कीले अविजित ५२ रनको पारी खेलेका थिए । बलिङतर्फ दशरथ चन्दका सुमन रावलले ३ विकेट लिए ।

पहिला ब्याटिङ गरेको दशरथ चन्दले १६.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो । उसका लागि आकाश रावलले १७, सुमन रावलले १४ र जगदिश चन्दले १३ रन बनाएका थिए । बलिङतर्फ खलङ्गाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३/३ विकेट लिएका थिए  । खेलको म्यान अफ दी म्याच खलङ्गाका हरिश कार्की घोषित भएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए  ।  

प्रतियोगिताको उत्कृष्ट खेलाडी खलङ्गाका प्रदीप चन्द भए । उनले प्रतियोगिताभर व्यक्तिगत १९३ रन बनाउनुका साथै सात विकेटसमेत लिएका थिए । यस्तै प्रतियोगिताभर १० विकेट लिएका ग्वाल्लेकका दीपक जोशी उत्कृष्ट बलर घोषित भए । 

विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे ।  

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए । नगरपालिकाले वार्षिक कार्यक्रममा राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।  

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ०० बजे

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा

आजका समाचार : उपेन्द्र सर्वाेच्च जानेदेखि सुनील पौडेललाई ९ वर्ष कैदसम्म

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु

नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं– नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’, देख्न नसकेपनि चस्मा लगाउन नपर्ने

काठमाडौं– गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा

बजेट तर्जुमा प्रक्रियामै प्रधानमन्त्रीको हस्तक्षेप, अप्ठेरोमा अर्थमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट तर्जुमा