हम्फ्राइजको स्वर्ण पदक कथा | Khabarhub Khabarhub

हम्फ्राइजको स्वर्ण पदक कथा


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानडामा जन्मिएकी केली हम्फ्राइजले अमेरिकाको लागि पहिलो शीतकालीन ओलम्पिकको स्वर्ण पदक जितेकी छिन्। उनको यो तेस्रो स्वर्ण पदक भए पनि यस अगाडीका प्रतिस्पर्धामा उनले क्यानडाका तर्फबाट प्रतिनिधित्व गर्ने गरेकी थिइन्। यस सफलतासँगै उनले कहिल्यै पनि हिम्मत नहारेको प्रतिक्रिया दिएकी छिन्।

३६ वर्षीय यी खेलाडी सन् २०१८ का क्यानडामा आफू यौन दुर्व्यवहार भएको भन्दै मुद्दा दर्ता गरेर अमेरिका लम्केकी हुन्। ‘मेरा मस्तिष्कमा अहिले धेरै कुरा छन्। लामो यात्रा तय गरेर म यहाँसम्म आइपुगेको हुँ। जिन्दगीमा यही नै हुन्छ भनेर कहिले पनि निश्चित नहुने रहेछ ’ उनले अगाडी बताइन्, ‘यो कुनै पनि कुरा सहज थिएन। मेरो जीवनमा धेरै आरोह र अवरोह आए।’

हम्फ्राइजले पहिलो पटक सन् २०१० मा क्यानडाको ह्यानकोभरमा भएको शीतकालीन ओलम्पिकमा दुई महिलाको बबस्लेड स्पर्धामा स्वर्ण पदक जितेकी थिइन्।

चार वर्षपछि रुसको सोचीमा भएको ओलम्पिकमा उनले स्वर्ण पदक रक्षा गरेकी थिइन्। प्योङचाङमा भएको प्रतिस्पर्धामा कांस्य पदकमा सीमित भए पछि उनले आफू निराश भएको बताएकी थिइन्। यसपछि उनले आफ्ना प्रशिक्षकले मौखिक तथा मानसिक रूपमा यातना दिएको कुरा पनि नबताएकी होइनन्।

उनले निष्पक्ष छानबिनको माग गर्दै सरकार समक्ष निवेदन गरेकी थिइन्। सरकारी निकायले यसमा गम्भीर भएको बताएका थियो। ‘क्यानडा स्केल्टनले यसलाई गम्भीरतापूर्वक लिएको छ,’ आधिकारिक निकाय बीसीएसले सन् २०१९ मा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

छानबिन पछि बीसीएसले फेरी अर्को विज्ञप्ति जारी गरेको थियो ‘ खेलकुदमा संलग्न सबैलाई सुरक्षाको प्रत्याभूति दिन र प्रशिक्षणलाई व्यवस्थित बनाउन यस विषयमा छानबिन जरुरी थियो। यस छानबिनले केलिले लगाएको आरोपलाई पुष्टि गर्ने पर्याप्त आधार देखा परेन।’

यसपछि नै आफ्ना श्रीमानसँग अमेरिकामा बस्दै आएकी उनले अमेरिकाबाट प्रतिनिधित्व गर्नका लागि क्यानडाले खुला गर्नु पर्ने माग सहित निवेदन दिएकी थिइन्। सुरुवाती दिनमा त्यहाँका न्यायधीसले समेत उनलाई खुला छाड्न सही ठानेनन्। सन् २०१९ मा भने बीसीएसले नै हम्फ्राइजलाई खुला गर्ने निर्णय गरे पछि उनका लागि सन् २०२२ को शीतकालीन ओलम्पिकमा अमेरिकाबाट प्रतिस्पर्धा गर्ने बाटो खुलेको हो।

यसपछि चौथो ओलम्पिक स्पर्धामा सहभागिता जनाएकी उनले एकल बम्बस्लेग स्पर्धामा सबैलाई पछि पार्दै स्वर्ण पदक जितिन्। ‘यस सफलताको एउटै राज यही हो की मैले कहिल्यै पनि हरेस खाइनँ। मेरो साथमा मेरो देश थियो, ’ स्वर्ण पदक जितेपछि उनको प्रतिक्रिया थियो। उनी भन्छिन्, ‘मैले यहाँ धेरै नै मेहनत गरेँ। यसै मेहनेरले प्रमाणित गरेँ की म उत्कृष्ट लयमा हुँदा संसारको उत्कृष्ट प्रदर्शन गर्नसक्छु।

मलाई यही कुरामा सधैँ विश्वास थियो। यसका बाबजुद मैले कैयौँ पटक आफैमा विश्वास गर्न छाडेको साँचो हो।’

आफूलाई विगत चार वर्षदेखि स्वीकारी रहेको छ र पूर्ण रूपमा साथ दिइरहेको देशको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्नु खुसी र आनन्दको क्षण भएको उनी बताउँछिन्।

उनीसँगै पोडीयममा रजत पदक विजेता अर्की अमेरिकी एलेना मेयर्स टेलर्स थिइन्। टेलर्सले पनि कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुँदै ओलम्पिकमा सहभागिता जनाएकी हुन्। सो स्पर्धामा क्यानडाकी क्रिस्चीयन डे ब्रुयनले कांस्य पदक जितिन्।

 

ओलम्पिकमा प्रतिस्पर्धा गर्नु अगाडि हम्फ्राइजले इन्सटाग्राममा नयाँ ट्याटुसहित सहभागिता जनाएर ओलम्पिकमा कुनै नै कुनै पदक जित्ने कुरामा पूर्ण रूपमा आशावादी रहेको कुरा उल्लेख गरेकी थिइन्। ‘मलाई सधैँ ट्याटुमा रमाइलो लाग्छ। यसले मेरो जीवनको कथा भनी रहेझैँ लाग्छ। मेरो जिन्दगीको यात्रामा यसलाई नयाँ रूप सहित निरन्तरता दिने गरेकी छु,’ आफ्नो शरीरमा खोपिएको ट्याटुको बारे उनले भनिन् ‘मैले रेसको क्रममा अमेरिकाको छनक दिने ट्याटु खोपेको हुँ।’

यस्तै शीतकालीन ओलम्पिक अमेरिकाले कूटनैतिक बहिस्कार गरेको छ। चीनको मानव अधिकार विरोधी गतिविधिमा असहमत हुँदै कूटनीतिक बहिस्कार गर्ने तथा खेलाडीलाई सहभागी गराउने अमेरिकी नीति थियो। यसै नीतिको फाइदा उठाउँदै हम्फ्राइजले जिन्दगीको नयाँ बाटो कोरेकी छिन्।

यस पटकको शीतकालीन ओलम्पिक पनि विगतका धेरै ओलम्पिक भन्दा कम विवादमा भने परेन। विवादको मुख्य कारण डोपीङ प्रकरण नै बनेको छ। यस पटक पनि डोपीङको समाचारमा रुसी खेलाडी नै मुछिए।

फिगर स्केटर कामिला भालेभाले अनौठो सर्तसहित सहभागिताको अवसर पाइन्। १५ वर्षीय यी खेलाडीले कुदे पनि कुनै पदक समारोहमा उपस्थित हुन नपाउने गरी सहभागी गराइएको हो।

भालेइभा चीनबाट रुस फर्केपछि उनको शरीरमा भेटिएको ट्रेमेटीजेडीनको अंशको कारण पत्ता लगाउन थुप्रै डोपीङ सम्बन्धी छानबिनमा सहभागी हुने छिन्। यो तत्त्व मुटुको बिरामीले प्राय प्रयोग गर्ने एन्जीनामा हुनेगर्छ।
सोमबार कोर्ट अफ आर्बीटेसन सीएएसले उनलाई सहभागी हुन दिने र छानबिनलाई जारी राख्ने भन्दै यस्तो निर्णय गरेको हो।

यो घटनाले विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) र रुसी एन्टी डोपिङ एजेन्सी (रुसाडा)बीच जारी सहकार्यमा समेत प्रश्न चिह्न खडा भएको छ। अमेरिकी एन्टी डोपिङ एजेन्सी(युसाडा)का ट्राभिस टाइगार्टले भने रुस लगातार ६ पटकको ओलम्पिकमा यस्तै विवादमा मुछिनु खेल भावना र मर्म माथिको प्रहार भएको बताए।

डिसेम्बरमा लिइएको स्याम्पलको आधारमा भालेइभालाई छानबिन गरिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी), इन्टरनेसनल स्केटिङ युनियन (आइएसयू) र वाडाले सिएएसलाई उनी माथिको प्रतिबन्ध यथावतै राख्न भनेका थिए। वाडाको कोड अनुसार उनको मात्र घटना सामान्य भएको जिकिर गर्दै सिएएसले यो निर्णय गरेको हो। सिएएसको जारी विज्ञप्तिमा प्रतियोगिताको दौरान भने भालेइभामा कुनै प्रतिबन्धित पदार्थ भेटिएको छैन।

टाइगार्टले भने भालेइभाले पाएको हरके परिणाम खारेज हुनु पर्ने आवाज उठाएका छन्। भालेइभाको यो प्रकरणले सोमबार भएको पदक वितरण समारोहमा समेत अवरोध खडा भएको छ। टिम स्पर्धामा रुस ओलम्पिक कमिटी पहिलो, अमेरिका दोस्रो तथा जापान तेस्रो भएका थिए। भालेइभा पनि त्यस टोलीमा सहभागी भएका कारण उनको प्रकरणको सम्पूर्ण टुङ्गो लागे पछि मात्र पदक वितरण समारोह आयोजना गर्ने आयोजक पक्षले जनाएको छ।

आइओसीले जारी गरेको विज्ञप्तिमा खेल भावनामा कायम राख्नका लागि पनि डोपिङमा मुछिएकी खेलाडी सहितको टोलीले पाएको पदक वितरण समारोह सम्पूर्ण कुराको टुङ्गो नलागी गर्न नहुने भन्ने छ। सिएएसको यो निर्णय अनुसार भालेइभाले एकल या टिममा पदक जिते डोपिङको टुङ्गो नलागेसम्म त्यो स्पर्धाको पदक वितरण समारोह पनि रोकिने छ।

धेरै पूर्वखेलाडीले उनीमाथि सिएएसले अनावश्यक दया राख्दै खेल भावनामा नै घात गरेको आरोप लगाएका छन्। यो आरोप लगाउनेमा संन्यास लिई सकेका फीगर स्केटिङका ओलम्पिक च्याम्पियन टारा लिपिन्सकी समेत छन्।

खेलकुद र अझ ओलम्पिक खेलकुदमा डोपिङ प्रकरणको कथा पुरानो भई सकेको छ। सन् १९८८ मा दक्षिण कोरियाको सियोलमा भएको गृष्मकालीन ओलम्पिक १ सय मिटर धावक बेन जोन्सनको पदक तत्कालै खोसिएको घटना त धेरैलाई अझै याद छ।

पछिल्ला समय यस्ता धेरै डोपिङ प्रकरणमा मुछिने चिनिया र रुसी खेलाडी नै धेरै छन्। चिनिया पौडीबाज सन याङ माथि आठ वर्षको प्रतिबन्धको निर्णय समेत भएको थियो। यसै गरी, रुसका खेलाडीले पनि यसै प्रतिबन्धका कारण रुसी ओलम्पिक कमिटीको नामबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी रहेका छन्। यो लामो श्रृखंलामा भालेइभा प्रकरणले रुसको छविमा थप धक्का लागेको छ। एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : २२ बजे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित